सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन : मन्त्री अर्याल «

सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन : मन्त्री अर्याल

स्याङ्जा-भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई गाभ्ने अभियानमा मन्त्रालय रहेको बताएकी छिन् । सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको मन्त्री अर्यालको भनाइ थियो । मन्त्री अर्यालले सहकारीको आफ्नै विकासको लागि पनि एक आपसमा मर्ज भएर सशक्त हुन जरुरी रहेको बताइन् ।
विसं २०७५ फागुन ३ गतेबाट सञ्चालनमा आएको सहकारी संस्थामा २ सय ६९ जना शेयर सदस्य रहेको कानुङ सहकारीका अध्यक्ष उमेश दर्लामीले जानकारी दिइन् । एक करोड ८२ लाख ८४ हजार रुपैयाँ शेयर पूँजी रहेको सहकारीको तीन करोड ३८ लाख ३६ हजार ५ सय १७ रुपैयाँ कारोवार रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्