राष्ट्रिय महिला भलिबलमा गण्डकीको विजयी सुरुवात «

राष्ट्रिय महिला भलिबलमा गण्डकीको विजयी सुरुवात

पोखरा-घरेलु टिम गण्डकी प्रदेशले राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा शनिबारदेखि सुरु भएको उक्त प्रतियोगितामा गण्डकी प्रदेशले पारामाउण्ट इङ्लिस बोर्डिङ स्कुल काठमाडौंलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
शनिबार हुने भनिएका दुई खेल भने अत्यधिक वर्षाका कारण स्थगित भएको छ । आइतबार लिग चरणका ४ खेल हुनेछन् । प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैयाँ र तेश्रो हुनेलाई २५ हजार ५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिनेछ ।
सोमबारसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले गरे । कार्यक्रममा उनले नवआदर्श सामुदायिक विकास समाजलाई अन्तर्राष्ट्रिय स्तरकै भलिबल प्रतियोगिता गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न राखेप तयार रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्