भारतमा अध्ययन गर्न चहाने विद्यार्थीका लागि परामर्श

भारतका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न चहाने नेपाली विद्यार्थीका लागि काठमाडौं करियर गाइडेन्स सेसनको आयोजना गरिएको छ ।
वरी (डब्लूआरआई) र इन्सट्यान्ट प्रमोटर्सको संयुक्त आयोजनामा सेसनको आयोजना गरिएने भएको हो । यस विषयका बारेमा जानकारी दिने उद्देश्यल काठमाडौंमा शनिबार पत्रकार सम्मेलनको आयोजनासमेत गरिएको छ । सो पत्रकार सम्मेलनमा पछिल्लो समयमा शिक्षा पद्धतिमा भइरहेको परिवर्तन, बजारको माग, अध्ययन र अनुसन्धानका नवीनतम परिवर्तनका बारेमा जानकारी गराइएको थियो । करियर गाइडेन्स सेसननाम दिइएको यो अभियानमा विद्यार्थीहरुले अध्ययन पछिको अवसर, सुहाउँदो विषय र बजारको मागका बारेमा छलफल गरिएको थियो ।
पछिल्लो समयमा भारतीय विश्वविद्यालयहरूले २१औ शताब्दीलाई सुहाउदो बजारमुखी र प्राविधिक शिक्षालाई सफलतापूर्वक सञ्चालन गरेको वरी ग्लोबलका प्रबन्ध निर्देशक विकल्पराज पोखरेलले जानकारी दिए । कार्यक्रमा निटे युनिर्भसीटीका बजार प्रबन्धक विवेकले विद्यार्थीहरुलाई सही करियर सुरु गर्नका लागि विद्यार्थीहरुले धेरै कुराको जानकारी लिनुपर्ने बताएका छन् । जुन कुरा करियर गाइडेन्स सेसनले प्रदान गर्ने प्रयास गरेको छ ।
त्यसरी नै एमिटी युनिर्भसीटीका इन्टरनेसनल मार्केटिङ मेनेजर सुमित सिंहलेले नेपालबाट ब्याचलर र मास्टर तहमा पढ्नका लागि एमिटी युनिर्भसीटीमा ठुलो संख्यामा विद्यार्थीहरु गइरहेको तर विद्यार्थीहरुले सबै कुरा नबुझिकन अध्ययनका लागि गएको हुनाले केही असहज भएकाले यस वष विभिन्न शैक्षिक संस्थामा गई विद्यार्थीलाई सो विषयका बारेमा जानकारी गराउन नेपाल आएको बताए । प्लसटुअध्ययन गरिरहेका विद्यार्थीहरुलाई भेटी भारत अध्ययनका बारेमा जानकारी, त्यस विषयमा बजारको माग र विश्वविद्यालयको अध्ययनका बारेमा प्रकाश पार्नु यस कार्यक्रमको मुख्यउद्देश्य रहेको कुरा पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
त्यसैगरी नोण्डा इन्टरनेसनल युनिर्भसिटीका इन्टरनेसनल म्यानेजर सिरदिप कौरले पत्रकार सम्मेलनमार्फत आफ्नो विश्वविद्यालय, विश्वविद्यालयले प्रदान गरिने शिक्षा एक्काइसौं शताब्दीका लागि उपयुक्त हुने र १ सय ५० भन्दा बढीकोर्स २५ भन्दा बढी राष्ट्रका विद्यार्थीहरुले आफ्नो विश्वविद्यालयमा अध्ययन अध्यापन गरिरहेको कुरा जानकारी दिए ।
१९८० मा स्थापना भएको गिताम युनिर्भसीटीका निर्देशक केपिसी कृष्णले पछिल्लो समयमा एरोस्पेश, आर्किटेक्चर, नसिङ र्फामेसी र मेडिकल लगायतका बिषय अध्ययन गरेमा सहजै बजारमा बिक्न सक्ने कुरा जानकारी गराउँदै विद्यार्थीहरुलाई महत्वपूर्ण विषयहरूको बारेमा अध्ययन गर्नका लागि आग्रह गरेका छन् । भारतीय डिग्रीको महत्व र बजारको मागका बारेमा जानकारी गराउनका काठमाडौंमा इन्सट्यान्ट प्रमोटर्सले करियर गाईडेन्स सेसनको आयोजनामा गरिएको बजारप्रबन्धक गुंजन चौधरीले जानकारी दिए । उनले विभिन्न कलेजमा समेत गएर विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीहरुलाई परामर्श प्रदान गर्ने र नेपाली कलेजसँग अनुसन्धान र मानवसंसाधन बिकासमा सहकार्य गर्ने योजना समेत रहेको बताए । काउनसिलिङ फेबु्रअरी ११ देखि १६ सम्म सञ्चालन हुने करियर गाइडेन्स सेसनमा विद्याथी र अभिभावकले जानकारी लिन सक्ने बताइएको छ ।