दुबईमा बन्यो विश्वकै अग्लो होटल «

दुबईमा बन्यो विश्वकै अग्लो होटल

दुबई-दुबईमा विश्वकै अग्लो भवन बुर्ज खलिफा (८२८मिटर) दुबईमा भएको सबैलाई जग जाहेरनै छ । दुबईमा विश्वकै अग्लो होटल पनि खुलेको छ । यो होटलको नाम हो गेबोरा । यो होटलको उचाई ३ सय ५६ मिटर रहेको छ । यो भन्दा पहिले पनि विश्वकै अग्लो होटलको नाम दुबईलेनै राखेको थियो । होटल गेबोरा बनाएर दुबईले आफ्नो पहिलो रेकर्डलाई आफैले तोडेको छ । गेबोरोको उचाई यो भन्दा पहिलेको विश्वकै अगे होटल जेडब्लू म्यारिएट मार्किसको उचाई भन्दा १ मिटर बढी छ । जेडब्लू म्यायरएट मार्किसको निर्माण २०१३ मा भएको थियो ।
होटल गेबोरा सुन जस्तै चम्किन्छ । ७५ तला भएको यो होटलमा ५ सय २८ कोठा रहेका छन् । सबै कोठालाई विशेष किसिमबाट सजाइएको छ । यकसो निर्माण मिजद अल अत्तरले गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्