एभरेष्ट बैंकको वार्षिक साधारणसभाबााट १० प्रतिशत लाभांश पारित

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण पारित गरेको छ ।
यस्तै, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित भएको बैंकले जनाएको छ । साधारणसभाले शेयरधनीहरूलाई आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । बैंकको साधारणसभाले आव २०८०/८१ को लागि श्री एन. अमात्य एण्ड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।