युनिलिभर नेपालको लाभांश प्रस्ताव

काठमाडौं– युनिलिभर नेपालले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीको यो लाभांश हालसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा बढी हो । गत वर्ष कम्पनीले प्रतिकित्ता एक हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो । कम्पनीले सञ्चालनको ३० वर्ष सम्पन्न गरेको खुशियालीमा उक्त दरमा लाभांश वितरण गर्ने घोषणा गरेको बताएको छ ।
लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । यस अवधिसम्म कम्पनीको सेयरमूल्य ६.५० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३७ हजार ५०० रुपैयाँ पुगेको छ ।