Logo

नेपाल राष्ट्र बैंक पोखरा र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौं– नेपाल राष्ट्र बैंक पोखराले क्यूआर कोडमार्फत् विद्युतीय कारोबार गर्न माछापुच्छ्रे बैंकसँग सम्झौता गरेको छ । उक्त सम्झौता सोमबारदेखि लागु भएको बताइएको छ ।

राष्ट्र बैंकका पोखरा कार्यालयकी निर्देशक आर्या जोशी र माछापुच्छ्रे बैंक गण्डकीका प्रमुख निलम गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्र बैंक पोखराबाट सर्वसाधारण नागरिकले विदेशी मुद्रा खरिद, नयाँ नोट सटहीलगायत कारोबार गर्छन् ।

सम्झौतासँगै राष्ट्र बैंकमा कारोबार गर्दा सर्वसाधारणले नगद बोकेर जानुपर्ने बाध्यता अन्त्य भएको छ । नेपाल राष्ट्र बैंकले नगदका सट्टा विद्युतीय भुक्तानीको माध्यमबाट सुरक्षित र भरपर्दो कारोबार गर्न थालेको भन्दै निर्देशक जोशीले पोखरा कार्यालयले पनि विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्न सम्झौता गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्