महिन्द्राको सर्भिस सेन्टर कुपण्डोलमा

काठमाडौं– नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप बालाजु अटो वर्कसले ललितपुरको कुपण्डोलमा नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
यस २ एस सर्भिस सेन्टरको क्षेत्रीय प्रबन्धक एपीएसी र महिन्द्रा एण्ड महिन्द्रासका मर्थन कार्य अन्तर्राष्ट्रिय अपरेसन्स् जोइदीप मोइत्रा, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा चैतन्य कगलकार, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशकसुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नि ग्रुपका प्रतिनिधिका साथसाथै अन्य व्यक्तिको पनि सो कार्यक्रममा उपस्थिति रहेको थियो । यो नयाँ सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य ललितपुर र वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु रहेको कम्पनीको भनाइ छ ।
बालाजु अटो वक्र्सले नयाँ २ एस ट्विन पीक सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न सबै ग्राहकलाई स्वागत गर्दछ । अग्नि ग्रुपले हाल नेपालभर रहेका आफ्ना नेटवर्कबाट सेवाग्राहीलाई सेवा दिइरहेको जनाएको छ ।