यामाहाको नेकेड बाइक ‘एमटी–१५’ सार्वजनिक «

यामाहाको नेकेड बाइक ‘एमटी–१५’ सार्वजनिक

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी १५, ‘द डार्क वारियर’ लाई औपचारिक रुपमा नेपालमा सार्वजनिक गरेको छ । नयाँ एमटी १५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पिड ट्रान्समिसन भएको १५५ सीसीको फ्युलइन्जेक्टेड इन्जिन छ जसमा ‘भेरिएबल भल्भएक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिकप्रविधि रहेको कम्पनीले जनाएको छ ।
‘एमटी’को पूर्ण रुप ‘मास्टर अफ टर्क’ हो । एमटी सिरिजका यामाहा मोटरसाइकल ‘पावर’ (शक्ति) र ‘एजाइलिटी’ (फुर्तिलोपना)कालागि संसारमै लोकप्रिय छन् भन्दै कम्पनीले हाइपर नेकेड प्लेटफर्ममा बनेको नयाँ एमटी १५मा प्रयोग भएको फ्युल इन्जेक्टेड इन्जिनले १०००० आरपीएममा अधिकतम १९.३ पीएस शक्ति र ८५०० आरपीएममा अधिकतम १४.७एनएम टर्क उत्पन्न गर्ने जनाएको छ । नयाँ एमटी १५ ‘एजाइल एसिलेरेसन’, ‘एजाइल ह्यान्डलिङ’ र ‘एड्भान्सड डिजाइन’को सबैभन्दा उत्कृष्ट नमुना हो जुन ‘टर्क’ र ‘एसिलेरेसन’ अनुभव गर्न चाहने युवा राइडरलाई लक्षित छ ।
नयाँ एमटी १५ मा भीभीए (भ्यारिएबल भल्ब एक्चुएसन) प्रविधि प्रयोग गरिएको छ, जसले कम र मध्यम ‘आरपीएम’मा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्ने कम्पनीले दापी गरेको छ । ‘यसले इन्जिनको पर्फमेन्सलाई अझ दमदार बनाइदिन्छ र ‘ए एन्ड एस क्लच’ (असिस्ट एन्ड स्लिपर क्लच)ले गियर परिवतन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ,‘ कम्पनीले जनायो ।
नयाँ एमटी१५ मा १४० एमएमको रियर टायर र २८२ एमएमको सिंगल च्यानलएबीएसहितको फ्रन्ट डिस्क छ जसले ब्रेकिङलाई सटिक र सुरक्षित बनाइदिन्छ । यसमाप्रयोग भएको सानो देखिने ‘बाई फंक्सनल’ हेडलाइट, भर्टिकल टेललाइसहितको छोटो टेल र अन्य ‘ग्राफिक्स’तथा ‘फिनिस’ले एमटीको ‘एग्रेसिभ’ स्टाइललाई झल्काउँछ । नेपालमायामाहा एमटी१५ को मूल्यचार लाख २४ हजार नौ सय रुपैयाँतोकिएको छ भने यो ‘मेटालिक ब्ल्याक’ र ‘डार्क म्याट ब्लु’ गरी दुई एक्साइटिङ कलरमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्