तेलको मूल्यमा दुई वर्षकै ठूलो गिरावट «

तेलको मूल्यमा दुई वर्षकै ठूलो गिरावट

तेलको मूल्यमा लगातार साताको छैटौं दिनमा पनि गिरावट आएको छ । अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल ५८ डलरमुनि ओर्लिएको छ । उत्पादनमा भएको वृद्धि, बलियो डलर बृहत् रूपमा वित्तीय सम्पत्तिको बिक्रीका कारण बजार प्रभावित भएपछि मूल्य ओरालो लागेको हो ।
शुक्रबारबाट मूल्य ओरालो लाग्न थालेर लगातार १ साताको अवधिसम्म मूल्य घटेको छ । अमेरिकी तेलको मूल्यमा दुई वर्षकै अवधिमा ठूलो साप्ताहिक गिरावट आएको छ ।
अमेरिकी तेलको मूल्यमा सात साताकै न्यून अर्थात् प्रतिब्यारेल ५८.०७ डलर कायम भएको छ ।
ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि १.६६ डलर अर्थात् २.६ प्रतिशतको गिरावट आएर प्रतिब्यारेल ६३.१५ डलर कायम भएको छ । अघिल्लो कारोबारको दिनमा ब्रेन्ट कच्चा तेलको मूल्य नौ साताकै न्यून अर्थात् ६१.७७ डलर कायम भएको थियो । गत साता अमेरिकी तेलको मूल्यमा झन्डै ९.६ प्रतिशतले गिरावट आएको थियो । ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ ।
अमेरिकी तेल उत्पादनमा वृद्धि भई प्रतिदिन १ करोड ब्यारेल नाघेपछि बुधबार तेलको मूल्यमा आएको गिरावट झनै वृद्धि भएको थियो । यसैबीच अमेरिकाको कच्चा तेलको मौज्दात लगातार दोस्रो सातामा पनि वृद्धि भएको छ ।
अमेरिकी उत्पादनमा वृद्धि भएसँगै आपूर्ति कम गर्ने विषयमा ओपेक र रूसबीच भएको सम्झौता दबाबमा परेको अगेन क्यापिटलका संस्थापक ऊर्जा साझेदार जोन किल्डफले बताए ।
रूसी ऊर्जा कम्पनी गाजप्रोम नेफ्टका प्रमुखले सम्झौताको मातहतमा रहेर उत्पादकहरूले आफ्नो प्रतिबद्धता चाँडोमा आगामी त्रैमासिक अवधिमा पूरा गर्ने बताएका छन् । गाजप्रोमका सिइओ अलेक्जेन्डर डिउकोभले वर्षौंसम्मको अधिक आपूर्तिपछि बजार सन्तुलित भएकाले उत्पादकहरूले उत्पादन बढाउन सक्ने आशा व्यक्त गरेका छन् ।
यसैबीच डलर सूचक ९० सेन्ट माथि गएको छ । यसले पनि तेलमा दबाबको अवस्था सिर्जना गरेको छ । डलर मजबुत भएसँगै अन्य मुद्रामा तेलजस्तो वस्तु खरिद गर्नका लागि महँगो पर्ने भएको छ ।
सम्पत्तिहरूबीचको विपरीत सम्बन्धले डलर महँगो भएको अवस्थामा तेलको मूल्य ओरालो लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्