सरकारले मात्रै अर्थतन्त्र लयमा ल्याउन सक्दैनः अर्थमन्त्री «

सरकारले मात्रै अर्थतन्त्र लयमा ल्याउन सक्दैनः अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताएका छन् । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले समग्रमा देशमा अनेकन समस्याहरु रहेको भन्दै सबैले आ-आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे ।

उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताए । उनले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताए । मन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्