सामाजिक चलचित्र ‘चरित्र’को विशेष प्रदर्शनी

काठमाडौं- निर्माता श्याम कार्की र कपिल कार्कीको निर्देशन रहेको सामाजिक चलचित्र “चरित्र” को काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित बिरेन्द्र चोकमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुख उपेन्द्र कार्कीले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा ख्याति प्राप्त दर्जनौं कलाकारहरुलाई मेयर कार्की र निर्माता श्याम कार्कीले सम्मान गरेका थिए । उत्कृष्ट कलाकार उत्तम केसी र बालकलाकारमा श्रोता आचार्य रहेका थिए । यसैगरी एन प्याब्सन कागेश्वरीका अध्यक्ष रन्जन न्यौपानेले बाल कलाकार श्रोता आचार्यको प्रसंशा गर्दै धेरै विद्यालयहरुमा पनि यस्ता सन्देश मुलक चलचित्र देखाइनुपर्ने बताए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि मेयर कार्कीले यो चलचित्रले देशमा मात्रै होइन विदेशमा पनि सफलता हासिल गर्दै जाहोस् भन्दै शुभकामना दिए । उनले यस चलचित्रलाई कागेश्वरी भित्रका धेरै विद्यालयहरुमा सामाजिक चलचित्र चरित्र देखाउनको लागि आफू लागि पर्ने बताए । उनले विजया दशमी लगायत चाडपर्वको शुभकामना पनि दिए ।
त्यस्तै गरी निर्माता निर्देशक तथा समाजसेवी श्याम कार्कीले आफू धेरै लामो समयदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेको हुँदा कलाकार बन्नलाई धेरै संघर्ष मिहनेत अनि परिस्थितिसंग सामना गर्नुपर्ने बताउँछन् । कार्यक्रममा उल्लेख्य कलाकार, विद्यालय प्रतिनिधि, संचारकर्मी, समाजसेवीहरु र निर्माता निर्देशकहरुको पनि उपस्थिति रहेको थियो ।