Logo

सामसङ टेलिभिजनको नयाँ मोडल बजारमा

काठमाडौं– सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभीहरुको लन्च गरेको छ ।

यो सिरिजको टिभीहरु यही वर्षको दसैं–तिहारका लागि नेपालमा आइसकेका छन् । यो नयाँ लाइन–अपको टिभीहरु ४३” देखि ८५” सम्मका विभिन्न साइजमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा आएको यी नयाँ २०२३ क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभीमा सामसङको फ्ल्यागशिप फिचर जडित रहेको बताइएको छ । यसमा सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा रहेका छन् ।

यी टिभीमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस अद्जस्त गर्नको लागि आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ । यसै सँगै सी–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन् र धेरै पार्टहरु पुनर्नवीनीकरण गरिएका हुनुको साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिंगको नि प्रगोग गर्दछ ।

यो जस्तै धेरै अरु सुविधाहरु समेटी सामसङले आफ्नो प्रयोगकर्तालाई एक असल कनेक्टेड एक्सपिरियन्सको अनुभव प्रदान गर्दछ । नयाँ २०२३ लाईन–अप प्रयोगकर्तालाई असल इमर्सिभ कन्टेन्टको अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । एचदिआर( हाइ डाइनामिक रेन्ज)बाट सम्भव भएको प्रकाश स्तरको परिष्कृत दायराको साथ, प्रयोगकर्ताले रङको विशाल स्पेक्ट्रम र सबैभन्दा अँध्यारो दृश्यको सानो सानो विवरण पनि देख्न सक्ने बताइएको छ ।

ओटीएस लाइट सुविधाले दुई भर्चुअल स्पिकरहरू र एडप्टिभ साउण्डमार्फत सिर्जना गरिएको थ्रीडी सराउण्ड साउन्डको साथमा अन–स्क्रिन भएका गतिलाई यथार्थपरक अनुभूति गराउने कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्