Logo

इजरायलमा मृत्यु हुनेमध्ये पाँचको शव प्राप्त

काठमाडौं– गत साता इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये पाँच जनाको शव प्राप्त भएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिस चौधरीको शव प्राप्त भएको हो ।

दूतावासका अनुसार उक्त घटनामा परी निधन भएका अन्यको शव प्राप्त हुने क्रममा छ । दूतावासले प्राप्त शवलाई ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको जानकारी दिएको छ । यस्तै उपलब्ध संयन्त्र प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य बढाइएको छ ।

उक्त आक्रमणमा परी घाइते भएका चारमध्ये दुई जना अझै अस्पतालमा उपचार गराइरहेका छन् भने डिस्चार्ज भएका दुईमध्ये एक जना स्वदेश फिर्ता भइसकेका र एक जना दूतावासको हेरचाहमा रहेको बताइएको छ । यो आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्