Logo

ग्लोबल आइएमईको दसैं लक्षित छुट योजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैं रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारमा छुट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकले आफूलाई आवश्यक सरसामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३०० देखि ५०० रुपैयाँसम्म नगद फिर्ता हुने बताइएको छ । नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकले योजना अवधिभर कम्तीमा एक हजार रुपैयाँको तीन वटा कारोबार गरेमा तीन सय तथा पाँच वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा पाँच सय रुपैयाँ फिर्ता पाउने छन् ।

यो योजना कात्तिक ७ गते अर्थात वडा दसैं (दशमी) को दिनसम्म लागू हुन बैंकको भनाइ छ । साथै, बैंकले मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफूलाई आवश्यक सामान खरिद गर्दा क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा ‘दसैं’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम रु. ३०० सम्मको नगद छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्