बेष्ट फाइनान्समा अनलाइनबाटै खाता खोल्न सकिने

काठमाडौं– बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अनलाइन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजत प्राप्त यस वित्तीय संस्थाले स्तरोन्नति सहितको यो अनलाइन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको हो ।
देश र विदेशमा रहेका नेपालीलाई खाता खोली बैकिङ कारोबार गर्न अनलाइन एकाउन्ट ओपनिङ सेवा प्रदान गर्दै आएकोमा थप वित्तीय सेवासहित सो सेवालाई स्तरोन्नति गरीएको कम्पनीले जनाएको छ ।यो सेवाको शुभारम्भ भएपछि ग्राहकहरुले सहज तथा सरल तरिकाले अनलाइन खाता (बचत तथा मुद्दति) खोल्न सक्नेछन् ।
साथै भिडियो केवाईसीमार्फत ग्राहक पहिचान गरी सम्पूर्ण कारोवार गर्न सकिने बताइएको छ । केवाईसी अध्यावद्यिक नभएका विद्यमान ग्राहकले अनलाइनमार्फत केवाइसी अध्यावधिक गर्न सक्ने सुविधासमेत रहेको बेष्ट फाइनान्सले बताएको छ ।