हात्तिका बथानले धानबाली नष्ट «

हात्तिका बथानले धानबाली नष्ट

कञ्चनपुर-भीमदत्त नगरपालिका–१५ का आधा दर्जनभन्दा बढी परिवारको धानबालीमा हात्तीको बथानले नोक्सान पु¥याएको छ ।
तीन दिनअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीको बथानले गोवरैया क्षेत्रका किसानको धानबालीमा पसेर नोक्सान गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ ।
राधाकृष्ण टोलका पार्वती भट्टले खेतमा हात्ती आएपछि ज्यान जोगाउन मुस्किल परेको बताए । ‘घरभित्र थियौँ । बाहिर रूख चुँडेजस्तो आवाज आयो । के भयो भनेर बाहिर आउँदा हात्ती त बारीमा आइसकेका रहेछन्’, उनँले भने, ‘बालबालिकासहित भागेर धन्न ज्यान जोगायौँ ।’
निकुञ्ज किनारमा रहेको भट्टको कच्ची घर हात्तीले सहजै रुपमा भत्काउन सक्ने भएकाले भट्ट परिवारलाई ज्यान जोगाउन मुस्किल परेको थियो । तीन वर्षअघि पनि आएको हात्तीको बथानले धानबालीमा क्षति पु¥याएको उनले बताए ।
नगरपालिकाका उपप्रमुख सुशिला चन्दले निकुञ्ज किनारका बासिन्दा सधैँ हात्तीको त्रासमा बस्न बाध्य भएकाले स्थायी समाधानका लागि सरकारसित पहल गरिने बताइन् ।
‘निकुञ्ज किनारमा बर्सेनी हात्तीको त्रास भइरहन्छ । हात्ती नियन्त्रणका लागि समाधानको उपाय नखोजी भएको छैन’ उनले भनिन् ।
‘वडाध्यक्ष भीमबहादुर साहुले हात्तीको बथानले आधा दर्जन परिवारको दुई बिघा जमिनमा लगाइएको धानबाली क्षति पु¥याएको जानकारीमा आएकाले क्षतिपूर्तिका लागि वडा कार्यालयबाट निकुञ्जलाई सिफारिस गरिने बताए । दुई दिनअघि सोही नगरपालिकाको वडा नं १८ मा हात्तीको बथानले दुई परिवारको धानबालीमा नोक्सान पु¥याएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्