Logo

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा कार्की

युनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिमा संस्थापक शेयरधनी एनई गु्रपका तर्फबाट अध्यक्ष परिवर्तन गरिएको छ । यसअघि उदयकृष्ण उपाध्यायले प्रतिनिधित्व गर्दै सञ्चालक समितिको अध्यक्षता गर्दै आएकोमा एनई गु्रपको भदौ २ गतेको पत्रअनुसार भरतबहादुर कार्कीलाई मनोनयन गरी सञ्चालक समितिमा प्रतिनिधित्व गर्न पठाएको छ ।
सोही बमोजिम मंगलबार बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार कम्पनीको सञ्चालक समिति सदस्यमा भरतबहादुर कार्कीले प्रतिनिधित्व गर्ने साथै सोहीे बैठक निर्णयबमोजिम भरत बहादुर कार्कीलाई संचालक समितिको अध्यक्ष पदमा प्रस्ताव गरि सर्वसम्मत रुपमा चयन गरि बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाबमोजिम बुधबार बिमा समिति अध्यक्षबाट नियमानुसार सपथ लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्