२०औं हस्तकला व्यापार मेला

काठमाडौं– नेपाल हस्तकला महासंघले मंसिर ७ देखि ११ सम्म होटल अन्नपूर्ण दरबारमार्गमा २० औं हस्तकला ब्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सो व्यापार मेलामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई भित्र्याउनुको साथै आन्तरिक र बाह्य पर्यटनमा समेत सघाउ पुर्याउने उद्देश्यले नेपाल हस्तकला महासंघ र टुरिस्ट बस एसोसिएसन् अफ नेपालबीच सम्झौता भएको हो ।
उक्त समझदारि पत्रमा हस्तकला महासंघको अध्यक्ष प्रचण्ड शाक्य र टुरिस्ट बस एशोसिएसनका अध्यक्ष कृष्ण आचार्यको उपस्थितिमा महासंघकोतर्फबाट महानिर्देशक ऋषिराज सुवेदी र टुरिष्ट बस एसोसिएसनको तर्फबाट महासचिव मिलन नेपालले हस्ताक्षर गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।