महालक्ष्मी विकास बैंक र एनबीआईबीच समझदारी «

महालक्ष्मी विकास बैंक र एनबीआईबीच समझदारी

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूटबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा उल्लेख भए बमोजिम महालक्ष्मी विकास बैंक लि. का कर्मचारीहरुलाइ नेशनल बैंकिङ इन्स्टिच्युटले प्रदानगर्दै आइरहेको बिशिष्टिकृत बैंकिङ जान्बी कोर्सलगायत अन्य विविध तालिम प्रदानगर्ने सहमति भएको बैकले जनाएको छ । तालिम पश्चात कर्मचारीहरुमा कुशल कार्य सम्पादन क्षमता अभिवृद्धि र सकरात्मक सोचको विकास हुने अपेक्षासहित समझदारी पत्रमा हस्ताक्षर गरिएको जनाएको छ । उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र नेशनल बैंकिङ इन्स्टिच्युटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्