फेडेरलको दोस्रो वार्षिक साधारण सभा

काठमाडौं– फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा संस्थापक समुहबाट रिक्त सञ्चालकमा नमिता शर्मालाई नियुक्त गरेको छ ।
यस्तै सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
सभाले सर्वसाधारणलाई सेयर निष्काशन, कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको बताइएको छ ।