Logo

नारायणी मोडेल माविलाई खानेपानी प्लान्ट सहयोग

काठमाडौं– स्प्लास नेपालको कार्यान्वयन टिमसँग मिलेर कोका–कोला बेभरेज नेपालले चितवनको नारायणी मोडेल माविलाई रेन वाटर हार्भेस्टिङ, ग्राउण्ड वाटर रिचार्ज र स्वच्छ खानेपानी आयोजना हस्तान्तरण गरेको छ ।

गत भदौमा सुरु भएको परियोजना एक महिनामा सम्पन्न गरेर वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको हो । ३८०० भन्दा बढी विद्यार्थी सहितको चितवनको सबैभन्दा ठूलो नमूना सामुदायिक विद्यालय नारायणी मोडेल सेकेण्डरी स्कुलमा दैनिक गतिविधिका लागि पानीको अत्याधिक आवश्यकता पर्दछ ।

परियोजनामार्फत पिउने पानीका लागि १२ बोतल फिलरका ट्याप र ८ वटा बबलर फसेट ट्यापसहित दुईवटा यूएफ फिल्टर सिस्टम जडान गरिएको थियो । साथमा डुअल स्पाउटसहित ४ वटा बाटर स्टेसन पनि जडान गरिएको थियो ।

यस प्रणालीले विद्यार्थी र विद्यालय सदस्यसहित ५०० भन्दा बढी व्यक्तिलाई लाभान्वित गर्ने बताइएको छ । परियोजनामार्फत सम्भावित पानी रिचार्जको अपेक्षित मात्रा भने वार्षिक १८ लाख लिटर अनुमान भएको छ ।

साथमा बाल क्लबहरू सिर्जना गरी पनि सेभेन फ्याट्स (सेभेन फ्ल्याग अप्रोच फर टोटल स्यानिटरी प्रोग्राम) सञ्चालन गरिएको थियो । बाल क्लबका सदस्यलाई स्कुल वास प्रोग्रामबारे तालिम प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्