नेपाल–भुटान व्यापार सम्झौता «

नेपाल–भुटान व्यापार सम्झौता

नेपाल र भुटानबीचमा तेस्रो द्विपक्षीय व्यापार सम्झौता सम्पन्न भएको छ ।भुटानसँग व्यापार कसरी बढाउन सकिन्छ भनेर दुई देशबीचमा व्यापार सम्झौता भएको हो । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भुटानका आर्थिक मामिला मन्त्रालयको व्यापार विभाग निर्देशकसमेत रहेकाउद्योग वाणिज्य मन्त्रालयका सहसचिव सोनाम तेनजिङबीच बिहीबार व्यापार सम्झौतामा हस्ताक्षर भएको हो । व्यापार सम्झौतासँगै भुटानमा व्यापार बढाउनका सहज हुने जनाइएको छ ।
व्यापार सम्झौतासँगै प्रोटोकललाई पनि अन्तिम रूप दिइएको सहसचिव नवराज ढकालले जानकारी दिए । “अहिले भुटानसँग कसरी व्यापार बढाउन सकिन्छ भनेर व्यापार सम्झौता गरेका छौं,” उनले भने, “भुटानमा कुन कुन वस्तु निर्यात गर्न सकिन्छ भनेर पछि छलफल गरेर वस्तुको पहिचान गरिने छ ।” व्यापार सम्झौतागरेसँगै भुटानमा स्वदेशी वस्तुको निर्यात बढाउन बाटो खुला भएको उनले जानकारी दिए । वार्तामा दुई देशबीचमा सहज एवं सरल रूपमा द्विपक्षीय व्यापार एवं पारवहन सुविधा विकासगर्न व्यापार सम्झौता गर्ने सम्बन्धमा विस्तृत रूपमा छलफल भइ व्यापार सम्झौताको मस्यौदालाई अन्तिम रूप दिइएको मन्त्रालयले जानकारी दिएको छ । सो सम्झौतालाई कार्यान्वयनमा लैजान आवश्यक पर्ने ड्राफ्ट प्रोटोकल,रुल्स अफ ओरिजिन लगायतका विषयमा समेत प्रारम्भिक छलफल भइ आगामी बैठकमा अन्तिम रूप दिने सहमति भएको मन्त्रालयले जानकारी दिएको छ । साथै चौथौ द्विपक्षीय व्यापार सम्झौता वार्ता भुटानको थिम्पुमा सम्पन्न गर्न दुवै पक्ष सहमति भएका छन् ।
स्वदेशी वस्तु निर्यातगर्नका लागि पारवहन रुट, व्यापारलाई सहज गराउन भन्सार छुट दिने विषयमा समेत छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । बिहीबार राजधानीमा भएको दुई देशका सहसचिवस्तरमा भएको तेस्रो बैठकले भुटानसँग द्विपक्षीय व्यापार सम्झौता गरिएको हो ।भुटानमा १ अर्ब ६७ करोड रुपैयाँको व्यापार रहेको छ । नेपालबाट ६५ करोड रुपैयाँको निर्यात हुने गर्छ । भुटानसँग १ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ । स्वदेशबाट कपडा, हस्तकलाका सामान निर्यात हुने गर्छन् । भुटानबाट मेसिनरी पार्टपुर्जा, जिप्सन कोल्डलगायतका सामान आयात हुने गर्छ । भुटानमा स्वदेशी वस्तुको निर्यात बढाएर मुलुकको व्यापार घाटा कम गर्न लागिएको मन्त्रालयले जानकारी दिए ।
पछिल्लो समय मुलुकमा व्यापार घाटा बढ्दै गएको छ । आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकमा १३ खर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्