Logo

व्यवसायीको समस्या बारे ध्यानार्षण

वीरगञ्ज- वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार भेटका क्रममा अध्यक्ष अग्रवालले व्यवसायीहरुले भोगिरहेको समस्याका बारेमा ध्यानार्षण गराए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालले हाल वीरगञ्ज लगायत पर्सा बारा क्षेत्रमा अवस्थित उद्योग व्यापारमा आएको समस्या र व्यवसायीक कठिनाइहरुका बारेमा ध्यानाकर्षण गराए ।

विशेष गरी उद्योग व्यवसायको प्रवर्द्धन र विकासका लागि नियमनकारी निकायहरु कर, भंसार, राजस्व, प्रहरीका अवरोधक हाल स्थगित गरी उद्योगी व्यवसायहरुको मनोबललाई उच्च बनाएर अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनु पर्ने आवश्यकता माथि जोड दिँदैं अहिलेको समयमा राजस्व संकलनमा आएको कमिप्रति नेपाली निजी क्षेत्र पनि चिन्तित रहेको बताए ।

उनले राजस्व संकलन वृद्धि हुनुपर्छ भन्ने विषयमा निजी क्षेत्रका भूमिका पनि खर्चिने क्रममा राजस्वको वृद्धि गर्नका लागि भंसार मूल्यांकनलाई पारदर्शी बनाउने, सन्दर्भ पुस्तिकालाई व्यवस्थित र वैज्ञानिक बनाउने जस्ता काम गर्न सके आयात र निर्यातको सन्तुलन सँगसँगै स्थानीय व्यापार र राष्ट्रिय अर्थतन्त्र चलायमानमा ठूलो सहयोग पुग्ने कुरा बताए ।

भेटघाट कार्यक्रममा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारी, वीरगञ्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्