सानिमा रिलायन्स लाइफको अभिकर्ता अभिमुखीकरण «

सानिमा रिलायन्स लाइफको अभिकर्ता अभिमुखीकरण

काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोड र सुनसरीको इटहरी क्षेत्रका संयुक्त अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ३०० जना भन्दा बढी अभिकर्ताको उपस्थिति भएको कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरि सम्बन्धित क्षेत्रमा उत्कृष्ट तीनमा पर्न सफल अभिकर्तालाई तालिम तथा सम्मान प्रधान गरेको हो ।

उच्च व्यवस्थापन समितिको तर्फबाट डेपुटी सीईओ निराजन कंडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसर गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा क्षेत्रिय प्रबन्धक जितेन्द्र छेत्रीलगायत शाखा प्रबन्धकहरुको उपस्थिति थियो । डेपुटी सीईओ कंडेलले कम्पनीले हालसम्म गरेका प्रगतिको विवरण, भविष्यमा अंगाल्ने रणनीति र सुशासनको महत्वबारे प्रकाश पारेका थिए ।

कम्पनीका चिफ बिजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया र तालिम प्रधान गरेका थिए । अभिकर्ता पेशामा सफलता प्राप्त गर्न निरन्तर सिकाइ र सम्मानको आवश्यक पर्ने हुँदा कम्पनीले देशैभरी यस्तो खालको कार्यक्रमको आयोजना गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्