Logo

कुन कम्पनीको कस्तो अफर ?

अटोमोबाइलका यस्ता अफर

काठमाडौं– ठूला चाडपर्व सुरु भएपछि अटोमोबाइल्स कम्पनीहरुले विशेष अफरहरु सार्वजनिक गरेका छन् । दसैं, तिहार र छठको अवसर पारेर दुई पांग्रे र चार पांग्रे सवारीसाधनमा नगद छुटदेखि विभिन्न अफर कम्पनीहरुले ल्याएका हुन् । चाडबाडमा कुल कारोबारको ४० प्रतिशतसम्म हुने गरेकोमा आर्थिक मन्दीका कारण सवारी बिक्री अहिले कम भएको व्यवसायीहरुको भनाइ छ ।

सवारीसाधन बिक्री गर्ने कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्नका लागि विभिन्न अफर सार्वजनिक गरेका छन् । आर्थिक क्षेत्र चलयमान हुन नसक्नु र आर्थिक संकुचनका कारण अटोमोबाइल बजारले गति नलिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्र उप्रेतीले बताए । उनले भने, ‘आर्थिक मन्दीका कारण सवारी साधनको बिक्रीमा कमी आएको छ ।’ कम्पनीहरुले चाड पर्व लक्षित विभिन्न अफर सावर्जनिक गरेको भए पनि सवारीसाधन खरिदको लागि उपझोक्ताको आकर्षण नदेखिएको उनले बताए ।

अटो बजारमा नयाँ खरिदकर्ता भन्दा पनि नाडा अटो शोमा बुकिङ गरेका ग्राहकले भरिएको महासचिव उप्रेतीको भनाइ छ । विगतका वर्षमा आयातमा लगाइएको प्रतिबन्धका कारण सवारी साधनको बजारमा माग हुँदा पनि आपूर्ति गर्न नसकेको अवस्था थियो भने अहिले बजारमा आपूर्ति भए पनि माग एकदमै कम भएको व्यवसायीहरुको भनाइ छ । रोजगारीको कमी र युवा जनशक्ति विदेशिँदा दुईपांग्रे सवारीको बिक्रीमा कमी आएको उनीहरुको भनाइ छ ।

चाडबाडमा कुल कारोबारको ४० प्रतिशतसम्म हुने गरेकोमा आर्थिक मन्दीका कारण सवारी बिक्री अहिले कम भएको व्यवसायीहरुको भनाइ छ ।

‘पछिल्लो समय आर्थिक सूचकहरु राम्रो अवस्थामा छैनन् । व्यापार व्यवसाय र आय आर्जनको स्रोत घटेर कम हुँदा अटोमोबाइलको व्यापार समेत घटेको छ,’ नाडाका सदस्य आकाश गोल्छाले भने, ‘गएको वर्ष आयातमा रोक लगाइएको थियो तर पनि बजारमा माग थियो तर यो वर्ष माग नै कम भएको अवस्था छ ।’ मुलुकको समग्र आर्थिक अवस्था सुधार भएपछि मात्र अटो बजार सुधार हुने उनको भनाइ छ ।

चाडबाड बढेपछि सवारी खरिदकर्ताको संख्यामा वृद्धि नभएको र यसले गर्दा विगतमा सुस्ताएको अटो बजारले चाडबाडमा पनि गति नलिएको व्यवसायीहरुले बताएका छन् । चाडबाड आएसँगै अटोमोबाइल्स कम्पनीहरूले धमाधम विशेष छुट र उपहार दिएर ग्राहकलाई आकर्षित गर्ने प्रतिस्पर्धा गरिरहेका छन् । दशैंमा यामाहा, बजाज, हिरो, होन्डा, टिभिएस, सुजुकी, भेस्पा, अप्रिला लगायत नेपालमा बढी प्रयोग हुने दुई पांग्रे सवारीमा विशेष छुट दिएका छन् ।

कुन कम्पनीको कस्तो अफर ?

यामाहा

चाडपर्व नजिकिँदै गर्दा नेपालको यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले दसैं, तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउन आफ्ना कुनै पनि स्कुटर खरिद गर्दा छ हजारदेखि एक लाखसम्मको र बाइक खरिद गर्दा आठ हजारदेखि एक लाखसम्मको स्योर–सट क्यासब्याक उपहार योजना ल्याएको जनाएको छ ।

यो अफर यामाहाका सबै बाइक र स्कुटरमा लागु हुने र देशमा रहेका यामाहाका सबै अधिकृत शोरुममा उपलब्ध हुने बताइएको छ । यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने लक्ष्य राखेको कम्पनीको भनाइ छ । एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले असोज महिनाभरि १३ हजार मोटरसाइकल बिक्री हुने बताए ।

बजाज

बजाज मोटरसाइकलको अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बाइक खरिदमा दसैं अफर योजना ल्याएको छ । कम्पनीले दसैं अफरमा ‘आमामा २५ गुणा अफर’ ल्याएको हो । कम्पनीले यसलाई अहिलेसम्मकै ठूलो अफर योजना भएको जनाएको छ । बाइकको खरिदमा पक्का २५ गुणा नगद उपहार पाइने व्यवस्था गरिएको छ । यो अफर योजना मंसिर १४ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

हिरो

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले बडा दसैं २०८० को उपलक्ष्यमा हिरो पर्वमा गर्व अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार छुटको व्यवस्था गरेको छ । त्यसैगरी, बम्पर उपहारमा एक लाख नगद पुरस्कार र १ लाख सम्मको स्क्रायाच कार्डको अफर सार्वजनिक गरेको छ ।

होन्डा

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘दसैंमा दश लाख’ नामक ग्राहकमुखी उपहार योजना सार्वजनकि गरेको छ । यो योजना अन्तर्गत ग्राहकले होन्डाका कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी दस लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै स्किम छनौटअन्तर्गत ग्राहकले एक लाखसम्मको थप स्क्रयाच कार्ड पाउने वा १२ हजार पाँच सय बराबरको पाँच वर्षे एटीएम प्याकेज पाउन सक्नेछन् । कम्पनीले ग्राहकलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘रु. १ फाइनान्स योजना’ मा पनि यो ‘दसैंमा दस लाख’ योजना उपलब्ध गराइरहेको जनाएको छ । यसका साथै होन्डा बिग बाइकको खरिदमा एक लाखसम्मको छुट पनि उपलब्ध हुनेछ । यो योजना सीमित अवधिका लागि मात्र लागु हुने बताइएको छ ।

टीभीएस

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाखसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना सीमित अवधिका लागि देशभर उपलब्ध हुने बताइएको छ । हरेक महिना सतप्रतिशत क्यास ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाख रुपैयाँसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ । साथै, कम्पनीले एक्सचेन्जमा १० हजारसम्म थप भ्यालुएशन तथा शून्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउन पेमेन्टमा बाइक तथा स्कुटर घर लैजान सकिने सुविधा पनि दिएको छ ।

सुजुकी

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक बिक्रेता भीजी अटोमोबाइल्सले मोटरसाइकल तथा स्कुटरको खरिदमा दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँडौं खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ । यस चाडमा सुजुकीले ल्याएको ‘बाँडौं खुसी चढौं सुजुकी’ स्किम अन्र्तगत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ छुट पाउने छन् ।

अथवा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् । यस्तै शून्य प्रतिशत फाइनान्सको सुबिधाका साथै एक वर्ष ‘रोड ट्याक्स फ्री’ हुने समेत कम्पनीले जनाएको छ । यो स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउनेसमेत कम्पनीले जनाएको छ ।

भेस्पा, अप्रिला

दसैं तिहार नजिकिँदै गर्दा दुगड ब्रदर्स एण्ड सन्स प्रालिले भेस्पा, अप्रिलियामा चाडपर्व बम्पर अफर सार्वजनिक गरेको छ । कम्पनीले भेस्पा, अप्रिलिया स्कुटरको खरिदमा ४० हजार रुपैयाँ नगद छुटको घोषणा गरेको हो । आकर्षक नगद छुटको घोषणा गर्दै कम्पनीले हालसम्मकै उत्कृष्ट अफर योजना ल्याएको जनाएको छ । जसअनुरूप ग्राहकले कुनै पनि भेस्पा, अप्रिलियाको खरिदमा सिधै ४० हजार नगद छुट पाउने कम्पनीले जनाएको छ ।

टाटा

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो वर्षको दसैं, तिहार र छठका लक्षित गर्दै बडा दशैं बडा अफर अफर ल्याएको छ । नयाँ गाडी खरिदमा टाटा मोटर्सले ग्राहकलाई ७ लाख ३० हजार रुपैयाँसम्मको उत्साहीत नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले नगद छुट, वार्षिक सवारी करमा छुट, एक्सचेन्ज बोनसका साथै एक वर्षको बीमा सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले पछिल्लो समय विद्युतीय सवारीको हकमा आकर्षक छुट तथा अफर दिएको छ ।

हुण्डाई

हुण्डाई गाडीको लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं–तिहार लक्षित ‘फेष्टिभ डिलाइट २०८०’ योजना सार्वजनिक गरेको छ । दशैं–तिहार विशेष बनाउन हुण्डाईले विगतका वर्षमा ग्राहकलाई गाडीका साथै अन्य आकर्षक उपहार दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राख्दै एक जना भाग्यशालीले हुण्डाई एसयुभी लक्की ड्रमार्फत गाडी प्राप्त गर्न सक्ने बताइएको छ । हुण्डाईको चाडपर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहु–प्रतिक्षित योजना मानिने कम्पनीको दाबी छ ।

फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुण्डाई गाडीको खरिदमा ६ लाख रूपैयाँसम्मको नगद छुट, स्क्र्याच कार्डमार्फत थप एक लाखसम्मको नगद छुटका साथै एक वर्षको लागि नि:शुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकको सन्तुष्टीका लागि हुण्डाईले सधैं समय सापेक्षिक ग्राहक लक्षित योजना सार्वजनिक गर्दै आएको दावी गरेको छ । यो योजना मंसिर ३ गतेसम्म लागु हुनेछ । हुण्डाईले आफ्नो सबै गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको नि:शुल्क उपलब्ध गराउने जनाएको छ ।

निसान

निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीमा ‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडी निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रायलमा लागु हुने कम्पनीको भनाइ छ । चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो ।

‘निसान फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत ग्राहकले ‘नाडा अटो सो’मा निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउने कम्पनीको भनाइ छ । नि:शुल्क गाडी व्यापक बीमा, ३ वर्षको नि:शुल्क सडक कर, ३ वर्षको नि:शुल्क सर्भिसिङ, ३ वर्षको वारेन्टी र १३ लाखसम्म बचतको फाइदा ग्राहकले लिन सक्ने छन् । यो योजना अवधिभर विभिन्न मोडलका गाडी उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ ।

सुजुकी

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्स अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले आगामी दसैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन् । गाडी खरिद गर्ने ग्राहकलाई स्क्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रदान गर्ने कम्पनीको भनाइ छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूममा लागु हुने बताइएको छ ।

फोटोन

चाडपर्वको मौसम नजिकिएसँगै फोटोनका गाडी किन्नेहरुका लागि थाइल्यान्डदेखि इन्डोनेसियाको बाली घुम्न पाउने अफर ल्याइएको छ । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले सो चाडपर्व अफर ल्याएको हो । फोटोनका कुनै पनि गाडी खरिदमा उपहार पाउने छन् ।

फोटोनका गाडी बुकिङ गर्नेहरुमध्ये एक जना भाग्यशाली खरिदकर्ताले बाली र अर्काे एक जनाले थाइल्याण्ड घुम्ने अवसर प्राप्त गर्ने छन् । यसका साथै स्मार्ट वाच, स्मार्ट टिभी उपहार पनि चाडवाड अफरमा प्राप्त गर्ने छन् । स्मार्ट टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, मोबाइल प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्कोडा

नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु एक्सपान्जेले दसैंतिहारलाई लक्षित गरी स्कोडा फाइभ स्टार अफर ल्याएको छ । जसमा ग्राहकले स्कोडाबाट पाँच वटा फाइदा पाउनेछन् । स्कोडाले ग्लोबल एनसीएपीमा पाएको फाइभ स्टार रेटिङझैं स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि पाँच वटा फाइदा उपलब्ध गराउनेछ ।

जसले स्कोडा वनरसिपलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै यात्रालाई थप स्मरणीय, सुरक्षित र रोमाञ्चक बनाउनेछ । ग्राहकले पहिलो अफरका रुपमा स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८.९९ प्रतिशत ब्याज दर उपलब्ध गराउनेछ । यसका साथै स्कोडाले एक वर्षका लागि नि:शुल्क इन्स्योरेन्स दिनेछ जसले हरेक यात्रालाई तनावरहित बनाउनेछ ।

त्यसैगरी, स्कोडाले फेस्टिभ अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीको सहज एक्सचेन्ज र एक्सचेन्ज बोनस पनि उपलब्ध गराउनेछ । यसका साथै, दसैंतिहारमा स्कोडा किन्ने ग्राहकले स्कोडाको जेन्युइन एसेसोरिज पाउनेछन् जसले स्कोडालाई आफ्नो व्यक्तित्व सुहाउँदो र स्टाइलिस बनाउन मद्दत गर्नेछ । पुरानो स्कोडा बेचेर नयाँ स्कोडा चढ्न चाहनेका लागि एमएडब्लु एक्सपान्जेले धन्यवाद स्वरुप लोयल्टी बोनस पनि दिनेछ ।

प्रतिक्रिया दिनुहोस्