सिद्धार्थ बैंक रामानन्द चोक र बीपी चोकमा «

सिद्धार्थ बैंक रामानन्द चोक र बीपी चोकमा

सिद्घार्थ बैंकले सोमबार धनुषाको रामानन्द चोक र बाँकेको बीपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु-याउने उद्देश्यले उक्त शाखाहरू सञ्चालनमा ल्याएको भन्दै बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्