Logo

लक्ष्मी सनराइज बैंकले ल्यायो दसैं योजना

काठमाडौं– लक्ष्मी सनराइज बैंकले ‘दसैं आयो’ योजना ल्याएको छ । दसैंको उपलक्ष्यमा अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैंकको भनाइ छ । असोज १८ देखि कात्तिक ३० गतेसम्म लागू हुने योजनाअन्तर्गत लक्ष्मी बैंकको मोबाइल मनी, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

परम्परागत रूपमा दसैंमा गरिने गतिविधिी थप उत्साह प्रदान गर्न जस्तै मिठो खान–पिन, भ्रमण, सपिङ तथा रमाइलोलाई ध्यानमा राखी यो योजना ल्याइएको हो । पहिलो अफर ‘घुम्न जाउँला’ मा बैंकको मोबाइल मनी प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमश: २५० र ५०० रुपैयाँको क्यासब्याक पाउन सकिनेछ । यो अफर असोज १८ गतेदेखि कात्तिक ९ गतेसम्म लागू हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनीमार्फत् टिकट काट्नुका साथै यो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ ।

अर्को अफर ‘सपिङ गरौंला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १००० रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ । यो योजना असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म लागू रहनेछ । यसैगरी ‘खाउँला पिउँला’ योजनामा असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म फुडमाण्डु एपबाट अर्डर गरी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल मनीबाट अनलाइन भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ ।

यसै अफरअन्तर्गत केएफसी तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्डको ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा हरेक दिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ ।
‘रमाईलो गरौँला’ अफरअन्तर्गत क्यूएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल मनीमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यो योजना कात्तिक महिनाभरी लागू हुनेछ । क्यासब्याक अफरबाहेक असोज २५ गतेदेखि कात्तिक २५ गतेसम्म विदेशबाट रेमिटेन्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ । यो योजना ‘मेरो भूमि’ रेमिटेन्स खातावाला ग्राहकका लागि ५० हजार रुपैयाँभन्दा बढी रेमिटेन्स पठाउँदा मात्र मान्य हुनेछ । सबै योजनामा क्यासब्याक अफर सकिएपछि प्रदान गरिने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्