Logo

लिफान स्कुटर किन्दा छुट

काठमाडौं– मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन नागपोखरीमा मुख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक बिक्रेता पिनाकल मोटोराडसँग लिफान नेपालको ईभी स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यावसायिक सम्झौता पश्चात बैंकका कर्मचारी र ग्राहकले पिनाकल मोटोराडको नागपोखरी र भरतपुरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका ईभी स्कुटर खरिदमा क्यास छुट र एक्सेन्जमा समेत छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्