काठमाडौं प्रहरीलाई हिमालयन बैंकको सहयोग

काठमाडौं– हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । बैंकले प्रहरीको काम कारवाही प्रभावकारी बनाउने उद्देश्यले इन्स्टा ३६० चिप स्टार्पसहित पाँच वटा गोप्रो क्यामरा खरिदका लागि दुई लाख ६७ हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधको आधारमा काठमाडौंमा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधि निगरानी तथा रोकथाम गर्न बंैकले काठमाडौं जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको हो ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुड ढुंगेललाई हस्तान्तरण गरेका छन् ।