बिर्तामोडको बजेट ७३ करोड ४६ लाख «

बिर्तामोडको बजेट ७३ करोड ४६ लाख

पूर्वको व्यापारिक केन्द्रको रूपमा परिचित झापाको बिर्तामोड नगरपालिकाले आव ०७४/०७५ का लागि ७३ करोड ४६ लाख ३० हजार ४६१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले चालू आवको नगर विकास योजनासहितको बजेट सार्वजनिक गरेका हुन् ।
बिर्तामोड नगरपालिकाले आम्दानीतर्फ आन्तरिक आय ६ करोड ५७ लाख चार हजार ३८४ रुपैयाँ, राजस्व बाडफाँडबाट दुई करोड, गत वर्षको मौज्दात पाँच करोड ५२ लाख ५२ हजार ७१५ रुपैयाँ, नेपाल सरकारबाट २८ करोड ९६ लाख ८७ हजार, सडक बोर्डबाट ३५ लाख, नेपाल सरकार सर्शत अनुदानबाट ११ करोड ५४ लाख ५४ हजार विनियोजन गरिएको छ । त्यसैगरी स्थानीय शासन सामुदायिक कार्यक्रमबाट १३ लाख १७ हजार, योजना लागत सहभागिताबाट चार करोड ५५ लाख ८० हजार एक सय र शिक्षा तथा स्वास्थ्य अपुग रकम माग चार करोड ९५ लाख ३१ हजार दुई सय ६१ रुपैयाँ गरी ७३ करोड ४६ लाख ३० हजार ४६१ रुपैयाँ आम्दानी गर्ने नगरप्रमुख शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, खर्चतर्फ प्रशासनिक ६ करोड १७ लाख ५० हजार, पूर्वाधार निर्माणतर्फ २७ करोड ८८ लाख ५० हजार, मेसिनरी औजार खरिद चार करोड, गत वर्षको भुक्तानी दायित्व दुई करोड, कार्यक्रम खर्चमा १ करोड ९० लाख ५० हजार, शिक्षातर्फ १३ करोड ७३ लाख ७५ हजार २६१ विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्यतर्फ ४ करोड ६२ लाख ७५ हजार, पशुमा एक करोड ७५ लाख ४४ हजार दुई सय, कृषिमा एक करोड ५६ लाख ८५ हजार, स्थानीय शासन सामुदायिक विकास कार्यक्रममा १३ लाख १७ हजार, सामाजिक सुरक्षा भत्तामा आठ करोड ८६ लाख चार हजार र कार्यक्रम सञ्चालनतर्फ ८१ लाख ८० हजार बजेट विनियोजन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्