बेलायतमा संकलित रकमले जगरनाथका विद्यार्थीलाई शैक्षिक सामाग्री

बाग्लुङ- जगरनाथ प्रा.वि अमलाचौरका छात्र/छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । १३ वर्षीया बालिका टिया आचार्य (शर्मा)को सहयोगमा बेलायतको विभिन्न स्थानमा अतिरिक्त शो प्रदर्शन गरी, संकलन भएको रकमबाट शैक्षिक सामाग्री खरिद गरी आइबार वितरण गरिएको हो ।
पञ्चेबाजाको धुनसंगै सुरु भएको कार्यक्रममा विद्यालयका छात्र/छात्रालाई न्यानो कपडा, जुत्ता, झोला वितरण गरिएको थियो । उनका पिता चिरन शर्माको नेतृत्वले विद्यालय परिसर पुगी कार्यक्रम गरेको थियो । साथै एनआरएनका सदस्यहरुले आफूले अध्यन गरेको विद्यालय पृथ्वी हिरण्य मा.विको समेत अवस्था अवलोकन गरी आवाश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
अवलोकनका क्रममा विद्यालयका विद्यार्थी, शिक्षकद्वारा सम्पूर्णलाई स्वागतसहित अभिनन्दन गरिएको थियो । विद्यार्थीसँगै स्थानीयहरुको बाक्लो उपस्थिति रहेको उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रमको पूर्ण व्यवस्थापन दिपक शर्माले गरेका थिए ।