चीनको प्राथमिकतामा रोजगारी

यो वर्ष चीनले रोजगारी सिर्जना र व्यवसाय प्रवद्र्धनलाई विशेष प्राथमिकता दिने शीर्ष राज्य योजनाका प्रवक्ताले बताइन् । अहिले चीनमा लाखौं मानिस र कलेजका स्नातकहरू बेरोजगार छन् ।
नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनकी मेङ पिवले बेरोजगारीमा दर्ता भएका ९७ लाख मानिस र नयाँ कलेज स्नातकका लागि चीनले रोजगारी सिर्जना गर्नु आवश्यक भएको बताएकी छन् । उद्योगको क्षमता कटौतीबाट प्रभावित भएकाहरूलाई रोजगारी सिर्जना गर्नु पनि चीनको आवश्यकता हो ।
गत वर्ष चीनको सहरी बेरोजगारी दर्ताको दर ३.९ प्रतिशत कायम भएको थियो । आर्थिक वृद्धिमा मन्दी आएपछि सरकारले औद्योगिक क्षमता कटौती गर्ने योजना ल्याए बाबजुद बेरोजगारीको अवस्था स्थिर रहँदै आएको छ ।
आधिकारिक तथ्यांक रोजगारी अवस्थाको अवास्तविक सूचक भएको कतिपय विश्लेषकले बताएका छन् । सरकारी तथ्यांकले सहरी क्षेत्रलाई मात्रै मापन गरेको र यसले आप्रवासी कामदारका बारेमा उल्लेख नगरेकाले यो अवास्तविक भएको उनीहरूको धारणा छ ।
“हामी रोजगारीको पहिलो रणनीति कार्यान्वयन गर्नेछांै र बढी रोजगारमुखी नीति अवलम्बन गर्नेछांै । हामी रोजगारी र व्यवसायलाई महŒवका साथ प्रवद्र्धन गर्नेछांै,” मेङले भनिन् । चीनको स्थिर वृद्धि नीतिका लागि रोजगारीको रक्षा गर्नु आधारभूत विषय हुने पनि उनले बताइन् ।
रोजगारी सिर्जनालाई समर्थन गर्न प्रविधि र सेवाजस्ता नयाँ वृद्धि इन्जिनलाई सरोकारवाला निकायले जोड दिएको छ ।
चीनले डिजिटल अर्थतन्त्रलाई सहयोग गर्ने नीति वातावरणको सिर्जना गर्ने तथा ठूला तथ्यांक, कृत्रिम बौद्धिकता र औद्योगिक इन्टरनेट क्षेत्रको सिर्जना गर्ने मेङले बताइन् ।
एनडीआरसीले निजी फर्मको वृद्धिलाई समर्थन गर्ने नीतिको पनि सुधार गर्ने धारणा उनले राखिन् ।