सरकार ‘कम्युनिस्ट स्टेट’ बनाउन खोज्दैछ : देउवा «

सरकार ‘कम्युनिस्ट स्टेट’ बनाउन खोज्दैछ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताएका छन् । नेपाल प्रेस युनियनले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले वर्तमान सरकारले मुलुकलाई ‘कम्युनिस्ट स्टेट’ बताउने खतरा बढेको बताएका हुन् ।
देउवाले भने, “यो सरकार कम्युनिस्ट सरकार होइन । यसले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा चाहिँ बढेको छ ।” सरकारलाई प्रजातन्त्रविरोधी सरकारको संज्ञा दिँदै उनले भने । सभापति देउवाले प्रजातन्त्र, मानवअधिकार र वाक् स्वतन्त्रताका लागि फेरि लड्ने दिन आएको पनि बताए । देउवाले भने, “स्थायी प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रता स्थापनाका लागि लड्ने दिन आयो । सरकारले सबै क्षेत्रमा कब्जा गर्दै गएको अवस्था बन्दैछ । त्यस्तो अवस्थामा लड्नुपर्छ ।”

 

प्रतिक्रिया दिनुहोस्