हामीले धान्नसक्ने अटोमोबाइल चाहिन्छ «

हामीले धान्नसक्ने अटोमोबाइल चाहिन्छ

मुलुकको स्वस्थ विकास र औद्योगिकीकरणका लागि हामीलाई सवारीसाधन चाहिन्छ । तर कति चाहिन्छ त्यो भने छलफलको विषय हो । आवश्यकता हेरेर हामीले धान्नसक्ने अटोमोबाइल चाहिन्छ । मुलुकको आम्दानी बढेर जाँदा नागरिको क्रयशक्ति बढदै जाँदा सवारीको माग बढदै जान्छ । यस अनुरुप सरकारले गर्नुपर्ने दुईवटा काम एउटा सडकको पूर्वाधार, दोस्रो सडक सुरक्षाको कुरामा ध्यान दिनुपर्छ । सडकको कुरा गर्दा काठमाडौं उपत्यका बाहिर जसरी सडकले गति लिएको छ सोही अनुरुप काठमाडौं उपत्यकामा गति दिन समय लाग्छ । मेलम्चीको विस्तार सञ्चालनमा नआएसम्म काठमाडौंको सडकमा पूर्णसुधार गर्न समय लाग्ने सरकारले देखेको छ । सरकारले सडकलाई विस्तार गर्न खोजेको छ । कही हामी व्यावहारिकताभन्दा बढी गएर गाउँ बस्तीको बीचवाट सडकको कल्पना गरिरहँदा कतिपय कुरा व्यावहारिक पनि देखिएन । सरकार मातहतका निकायले सडकका काम गरिरहेका छन् । बजेटको इतिहासमा शिक्षापछि सडकको मर्मतमा सबैभन्दा बढी बजेट छुट्याएका छौं । सरकारले सावर्जनिक सवारीको क्षेत्र र यसको सुधार गर्नुपर्ने आवश्यकता महसुस गरिसकेको छ सरकारको प्राथमिकता पनि रहेको छ । यसका लागि विद्युतीय सवारीमा सरकारले जोड दिएको छ ।
विगत १० वर्षमा ४ गुणा बढीले सवारीको आयात बढेर गएको छ । आवश्यकता थियो आयात भयो निश्चित समयसम्म यो बढ्छ त्यसपछि यो क्रम रोकिन्छ ।
एसेम्बल गर्दा २० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुनुपर्छ, २० प्रतिशतन्दा बढी मूल्य अभिवृद्धि भयो भने सरकार सहयोग गर्न तयार छैन । उद्योगीले कुनै व्यापार गरेर नाफा गर्छ भने सरकारले पनि घाटाको व्यापार गदैन । एसेम्वलबाट नै देश औद्योगिकीकरणमा जाने हो । विद्युतीय सवारीको एसेम्वल प्लान्टलाई सरकारले संरक्षण र प्रोेत्साहनमा जोड दिनेछ । विद्युतीय सवारीको उत्पादन गर्दा सरकारले २० देखि २५ प्रतिशतको सहयोग गर्न तयार रहेको छ । २० प्रतिशत पनि मूल्य अभिवृद्धि नगर्ने अर्थतन्त्रमा पनि सहयोग नपुग्ने भन्दै त्यस्तो अवस्थामा सरकारले सहयोग गर्न सक्दैन । सरकारले पनि लाभलाभ कै रणनीति लिएर अगाडि बढेको छ । सरकारले प्रविधिको प्रयोग गरेर अटोमोबाइल क्षेत्रको सुधार गर्दै जानेछ । सरकारले विस्तार हालको समस्या हुँदै जानेछ । सडक सुरक्षाका नीतीहरु विश्व बैैंकको सहयोगबाट काम भइरहेको छ । प्रदर्शनीस्थल निर्माणका लागि निजी क्षेत्र र सरकार मिलेर गरौ । लागानीमैत्री वातावरण बनेर गएको छ । आन्तरिक उत्पादनमा जोड दिऔं । कर प्रणाली सुधार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्