साउदी महिलालाई १५ मिनेटमै पासपोर्ट «

साउदी महिलालाई १५ मिनेटमै पासपोर्ट

रियाद-साउदी अरेबिया विशेषगरी महिलाका लागि कट्टर मानिदै आएको छ । तर साउदी महिलालाई केबल १५ मिनेटमा पासपोर्ट दिइने बताएपछि उनीहरुको खुसीले ठाउँनै छोडेको छ । एक मिडियामा प्रकाशित सामग्रीमा यसको जानकारी दिइएको हो । मक्क क्षेत्रका पासपोर्ट निर्देशक मेजर जनरल अबेद अल हारथीले साउदी गजेटलाई बताए अनुसार साउदीमा पासपोर्टका लागि आवेदन गर्ने महिलाको संख्यामा पनि वृद्धि भइरहेको छ । महिला यो मामिलामा सबैभन्दा अब्बल रहेका छन् । सबै पासपोर्ट केन्द्रहरु २१ वर्ष भन्दा माथिका आवेदशलाई बिना कुनै प्रतिबन्धघ पासपोर्ट जारी गर्नका लागि जुटेका छन् ।
यो भन्दा पहिले अवस्था फरक भएको निर्देशकले बताएका छन् । केबल २१ वर्ष भन्दा माथिका पुरुषलाई मात्रै बिना अनुमती यात्रा गर्ने अनुमती दिइएको थियो । महिलाका लागि अभिभावक (पति, पिता वा दाजुभाई) हुनु आवश्यक थियो । तर हाल आएर भने २१ वर्ष भन्दा माथिका महिलालाई यो प्रतिबन्ध हटेको छ ।
एक महिला आवेदकले साउदी पत्रिकासँग भनेकि छन्,“प्रक्रिया सरल र सहज भएको छ ।” उनलाई १५ मिनेटमै पासपोर्ट हस्तान्तरण गरिएको थियो । अर्की महिलाले भनेकि छन्,“नयाँ संशोधनपछि म आफ्नो पासपोर्ट आपैm नविकरण गछु ।”

 

प्रतिक्रिया दिनुहोस्