मेलामा नयाँ चार पाङग्रे «

मेलामा नयाँ चार पाङग्रे

मंगलबारबाट राजधानीमा १४औं संकरणको नाडा अटो सो सुुरु भएको छ । मेलामा सार्वजनिक गरिएका केहि नयाँ चार पाङग्रे सवारी यस्ता छन् :

टाटाको एच फाइभ

नाडा अटो शो–२०१९ मा टाटाको एच फाइभ आकर्षण रहने नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ । एचफाई आमेगा आर्ट प्यालटफमा बनेको बनेको गाडी हो । ल्यान्रोभरको डीएच आरटी सिक्सबाट बनेको गाडी हो । प्रयोटिक इन्जिन रहेको छ । २.० लिटर टर्बो डिजेल इन्जिन भएकाले नेपाली बजारमा यसको प्रभाव राम्रो रहने कम्पनीको भनाई छ । इन्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । ६ गियरबाईक छ साथै हर्मनको यम्पोटेन्ट सिस्टम रहेको छ । ९ जेबियल भएको साउन्ड सिस्टम रहेको छ । टियागो, टिगोर एनआरटीजस्ता गाडी शोमा रहने छन् ।
टाटा एच फाइभ ल्यान्डरोवरको ओमेगा डिएट प्लेटर्फममा निर्माण गरिएको गाडी हो । ल्यान्रोभरको डीएआरटी सिक्सबाट बनेको गाडी हो ।
सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा यस एसयूभीलाई सार्वजनिक गरेको छ । हेर्दा र चढ्दा प्रिमियम गाडीको झल्को आउने भए पनि यो गाडीको मूल्य भने अपेक्षित सस्तो हुने कम्पनीको दाबी छ । उत्कृष्ट प्लेटर्फममा बनेको यो गाडी लुक्समा मात्रै सानदार छैन, परफर्मेन्स र सुरक्षाका हिसावले पनि अब्बल मानिएको छ । यसले नेपाली बजारमा प्रभाव छाड्ने कम्पनीको विश्वास छ ।
टाटामोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एचफाइभको नेपाली बजारमा बुकिङ बिहीबारदेखि खुला भएको छ । नेपालका लागि टाटामोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शो–२०१९ मा टाटा एचफाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।
भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने टाटा एचफाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने हुनेछ । साथै सिप्रदीले ग्राहकहरूलाई टाटा एचफाइभ मन परेन भने १२० प्रतिशत बुकिङ रिफन्ड गर्ने जनाएको छ ।
क्रियोटेक २.० लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा निकै चर्चित छ । एचफाइभमा रहेको इन्जिनले १३८ बीएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइ भल्यान्डरोवरको ओमेगा डीएट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एचफाइभमा पुशबटन स्टार्ट–स्टप, सेमी (डिजिटल इन्स्टुहरू मेन्टकन्सोल, मल्टिफंक्सनल स्टेरिङ, हाइट अजस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोलजस्ता विशेषता छन् । कम्पनीले मंगलबारबाट सुरु भएको नाडा अटो शोमा मूल्य निर्धारण गरेको हो । सुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तय गरेको छ । सिप्रदी ट्रेडिङले २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म लिएर एच ५ को बुकिङ गत हप्ताबाट बुकिङ गरिरहेको छ ।

महिन्द्राका दुई नयाँसहित ४ गाडी प्रदर्शनीमा

नाडा अटो शो–२०१९ मा महिन्द्राले २ वटा नयाँ गाडीसहित ४ वटा गाडी प्रदर्शनीमा राखेको छ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले नाडा अटो शोमा बहुप्रतीक्षित एक्सयूभी ३०० र नयाँ एमपीभी मराजोसहित टीयूभी ३०० र स्कर्पियो राखेको छ । अटो शोमा महिन्द्राको सब फोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रूपमा रहेको छ ।
भारतीय बजारमा अत्यधिक रुचाइएको सब कम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अत्याधुनिक सैग्मेन्ट फस्ट थुप्रै विशेषतासहित आएको यङ एसयूभी हो । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । एक्सयूभी ३०० मा थुप्रै सेग्मेन्ट फस्ट सेफ्टी फिचरसमेत दिइएको छ । यसका साथै यसको ‘सिक्स स्पिड ट्रान्समिसन’ प्रणालीले कुशलापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराई रोमाञ्चकता प्रदान गर्नेछ । सात एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षित गाडी रहेको कम्पनीले जनाएको छ । नयाँ एसयूभी १.२ लि टर्बो पेट्रोल इन्जिन जसमा ८१ केडब्लू (११० बीएचपी) पावर र २०० एनएम टर्क र १.५ लि टर्बो डिजल इन्जिन जसमा विद्युतीय भेरिएबल जिओमेट्री चार्टरसहित ८५.८ केडब्लू (११५ बीएचपी) पावर र ३०० एनएम टर्क गरी दुईवटा इन्जिन अफ्सनमा उपलब्ध रहेको छ । एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि तपार्इंको आवश्यकता पूरा हुन्छ ।
त्यस्तै महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । यो गाडी सार्क माछाबाट प्रेरित भएर बनाइएको एक आधुनिक मल्टि पर्पोज भेहिकल (एमपीभी) हो । होटल, ट्राभल एजेन्सी र फेमिली कारको रूपमा समेत प्रयोग हुन सकिने यो एमपीभी आधुनिक फिचरहरुले सुसज्जित रहेको छ ।
मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड फिचरको रूपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू रहेको छ । मराजो कारको क्याबिनको छतमा एयर कन्डिसनिङ भेन्ट सिस्टम रहेकोले पछाडि बस्ने यात्रुहरूलाई पनि एसिको हावा सजिलै पूग्नेछ । यो एमपीभीको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम रहेको छ ।
गाडीमा थ्री–स्पोक स्टेयरिरू ह्विल रहेको छ, जसमा अडियो, ब्लू–टुथ टेलेफोर्निक र क्रूज कन्ट्रोलको सुविधा रहेको छ । महिन्द्रा मराजोमा नयाँ १.५ लिटरको ४ सिलिन्डर डिजेल इन्जिनमा उपलब्ध रहेको छ ।
नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्येको सबैभन्दा सफल पिकअपमा महिन्द्रा स्कर्पियो रहेको कम्पनीको दाबी छ । अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप एकदमै उपयोगी हुन्छ । किनकि पिकअपमा यात्रुका लागि आरामदायी सिटका साथै सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ । महिन्द्राको स्कर्पियो पिकअपमा सबै चक्कामा बराबर पावर डिष्ट्रिव्युट भएर गुड्ने भएकाले केही सामानसहित धेरै अफरोड यात्रा गर्नेहरु माझ लोकप्रिय भएको छ । स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको छ । नेपाली बजारमा स्कर्पियो पिकअप विभिन्न ३ भेरियन्टमा उपलब्ध छन् । स्कर्पियो पिकअप फूलअप्सन गाडी हो । डबल क्याबमा उपलब्ध पिकअप तीन मोडल एस–६ टूह्वील ड्राइभ, एस–६ फोरह्वील ड्राइभ र एस–१० छ । एस–१० मा ह्यान्ड रेस्ट, अटोमेटिक हेड ल्याम्प, क्रुज कन्ट्रोललगायत विशेषता छ ।
टियूभी ३०० नेपाली बजारमा परिचित एसयूभी हो । यो एसयूभीमा ७ सिटिङ क्यापासिटि भएको एक बोल्ड एसयूभी हो । रियर ह्विल ड्राइभ भएकोले यो एसयूभी नेपालका उकालो आरोलोका साथै कच्ची बाटामा एकदमै राम्रो प्रफर्मेन्स रहेको छ । ४० लाखमै खरिद गर्न सकिने यो एसयूभीमा अगाडि दुवै साइडमा एयसव्याग, लेदर सिट, रुफ रेल, अलोय ह्विल र आकर्षक इन्टेरियर रहेको छ ।

हुन्डाई ‘भेन्यू’, इलोक्ट्रनिक्समा ‘कोना

हुन्डाईका लागि नेपालको आधिकरिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हुन्डाईको नयाँ मोडल हुन्डाई भेन्यू नाडा अटो शो–२०१९ मा राखेको छ । गत बिहीबारमात्र हुन्डाईको भेन्यू मोडेल सावजनिक गरिएको थियो ।
हुन्डाईले भेन्यू विभिन्न ३ वटा इन्जिन अप्सनमा उपलब्ध भेन्युले नेपाली बजारमा हुन्डाईका अन्य उत्पादनले लिएको बजारलाई उछिन्ने कम्पनीले जनाएको छ । १.२ पेट्रोल इन्जिजिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीमा उपलब्ध छ । जसको पावर ८३ पीएसर ६००० आरपीएम पावर छ । त्यस्तै, १.४ लिटर डिजल इन्जिन यू २ सीआरडीआईको पावर ९० पीएसर ४००० आरपीएम छ । त्यस्तै, १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीको पावर भने १२० पीएसर ६००० आरपीएम मा उपलब्ध रहेको छ ।
हुन्डाईले एसयूभी ‘भेन्यू’ नेपाली अटो बजारमा आकषर्णको रूपमा रहने जनाएको छ । यस्अघि हुन्डाईकै क्रेताले लिएको बजार अब भेन्यूले लिने कम्पनीको भनाई छ । विगतमा कम्पनीका गाडीहरूमा पनि क्रेतामा ग्राहकको आकर्षण रहेको थियो अब भने भेन्यूले ग्राहकको ध्यान तान्ने लक्ष्मी इन्टरकन्टिनेन्टलका एक्जुकेटिभ डाइरेक्टर निराकार श्रेष्ठले बताए । यो गाडीले नाडा अटो शो –२०१९ मा ग्राहकको प्रमुख आकर्षण रहने विश्वास कम्पनीको छ । कम्पनीले मध्यमवर्गका हकलाई लक्षित गरेर यो गाडी नेपाल भित्र्याएको कम्पनीको भनाइ छ । त्यसैगरी हुन्डाईले सान्ट्रो पनि नाडा अटो शोमा राखेको छ । नयाँ स्यान्ट्रो विगतमा भन्दा परिस्कृतरूपमा आएको छ । हुन्डाईको करिब २१ वर्ष अगाडि उत्पादन गरेको स्यान्ट्रो नयाँ स्वरुपमा स्यान्ट्रो आएको हो । नयाँ सान्ट्रोमा नयाँ स्वरुप र डिजाइनमा आएको छ । गाडीमा हाल सबै भेरियन्टमा एयरब्याग र एबीएस छ । यस्ले गाडीलाई सुरक्षितताको सुनिश्चितता गरेको छ । गाडीमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसले गर्दा कच्चिरोडमा पनि सहजरुपमा चलाउन सकिने छ ।
विद्युतीय गाडीमा नाडा अटोशो–२०१९ मा ‘कोना’मा समेत ग्राहकको ध्यान तानेको छ ।

स्याङयोङको म्युसो ग्रान्ड

आईएमएय मोर्टले स्याङयोङलेको पनि नाडामा अटोशोमा नयाँ गाडी प्रदर्शनीमा राखेको छ ।
डबल क्याब पिकअप म्युसो ग्रान्ड नामा प्रदर्शनीमा राखिएको छ । यसको प्रि बुकिङ मेलाभन्दा अगावै खुलेको थियो । कम्पनीका अनुसार म्युसो फोएक्स २ एमटी, फोर एक्स टु एटी, फोरएक्स फोर एटी गरी तीन भेरियन्टमा प्रदर्शनीमा राखिएको छ । पिक–अपमा स्मार्ट इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटोको सविधा छ । कम्पनीका अनुसार अटो डिमी रियर भ्यु मिरर, स्पीड सेन्सिङ पावर स्टेयरिङ, अटोमेटिक हेडल्याम्प, एडजस्टेबल लेभलिङ, डबल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, र सनरुफलगायतका सुविधा गाडीमा रहेका छन् ।

कियाको निरो

नेपालको लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले नाडा अटो शो–२०१९मो, कियाको विद्युतीय गाडी निरो प्रदर्शनीमा राखेको छ । सरकारले विद्युतीय कारमा प्रोत्साहन गरेसँगै उपझोतामा पनि विद्युतीय सवारीको आकर्षण बढेर गएको छ । किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री छरहेको कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको गन्तव्य तय गर्नसक्ने क्षमता राख्ने कम्पनीको भनाइ छ । ६५ लाख रुपैयाँ मूल्य रहेको सो कारले एक पटक चार्ज गरे पछि ४ सय ५० किलोमिटरभन्दा बढी गन्तव्य तय गर्ने कम्पनीको भनाइ छ ।
१५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यसमा डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्छ ।

 

प्रतिक्रिया दिनुहोस्