जिपको ‘ट्रायल रेटेड’ कम्पास नेपालमा «

जिपको ‘ट्रायल रेटेड’ कम्पास नेपालमा

नेपालका लागि जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयुभी कम्पास ट्रायल हक सार्वजनिक गरेको छ ।
नयाँ कम्पास ट्रायल हकमा २.० लिटरको मल्टिजेट टर्बोडिजेल इन्जिन प्रयोग गरिएको छ जसले अधिकतम १७० एचपीपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपले कम्पास ट्रायल हकमा पहिलो पटक ९ स्पिडको डिजेल अटोमेटिक ट्रान्समिसन भएको इन्जिन प्रयोग गरेको छ जसले गर्दा यो एसयुभी कठोर भू–बनोटमा पनि गुडन सक्ने क्षमता राख्छ । नेपालमा जिप कम्पास ट्रायल हकको मूल्य एक करोड २४ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ ।
‘ट्रायल–रेटेड’ उपमा पाउनजिपले ‘ट्रयाक्सन’, ‘वाटर फोर्डिङ’, ‘म्यानुराबिलिटी’, ‘आर्टिकुलेसन’ र ‘ग्राउन्ड क्लेरेन्स’ गरी पाँच वटा विभिन्न क्षमता परीक्षण उत्तीर्ण गर्नुपर्छ । जिपले ‘-यांग्लर’ र ‘चेरोकी’ जस्ता केही निश्चित मोडेललाई मात्र ‘ट्रायल–रेटेड’ ब्याज दिने गरेको छ ।
अल ह्विल ड्राइभ (एडब्लुएच) प्रविधि रहेको ट्रायल हकमा जिप एक्टिभ ड्राइभ ४बाई४ लो, इन्जिन स्टप÷स्टार्ट, एड्भान्स्ड क्रुज कन्ट्रोल, बिल्ट–इन नेभिगेसन, हिल डिसेन्ट कन्ट्रोल, र पहिलोपटक ‘रक मोड’ टेरेनको सुविधासमेत रहेको छ । यसअघिका कम्पास भेरियन्टमा ‘स्नो’, ‘स्यान्ड’, ‘मड’ र ‘अटो’ मोड थिए ।
ट्रायल हकको हुडमा ‘एन्टी–ग्लेर डिकेल’ रहेको छ जसले गर्दा सूर्यको प्रकाशले चालकको ‘भिजिबिलिटी’मा कुनै समस्या पैदा गर्दैन । यसको फ्रन्ट बम्पर रिडिजाइन गरी अफरोडका लागि ‘क्यापाबल’ बनाइएको छ । अगाडिको बम्परको एपोच एंगल २६.५ डिगी रहेको छ भने पछाडिको डिपार्चर एंगल ३१.६ डिगी रहेको छ । ट्रायलहकमा १७इन्चको एलोइ ह्विल लगाइएको छ भने ग्राउन्ड क्लेरेन्स २०५ एमएम रहेको छ । फ्रन्ट बम्परको मुनि राखिएको ठूलो एअर ड्यामले गहिरो पानी भएको सतहमा गाडी चलाउँदा पनि ‘एअर इन्टेक’ गर्न मद्दत गर्छ । जिपकम्पास ट्रायलहक ८४ सेन्टिमिटरसम्म गहिरो पानीमा पनि बिना समस्या चलाउन सकिन्छ ।
ट्रायल हकमा आकर्षक रातो स्टिच गरिएको कालो प्रिमियम लेदरको सिट राखिएका छन् । इन्टेरियरको अन्य विभिन्न स्थानमा ‘रेड टच’ दिइएको छ र यसमा ठूलो पानोरामिक सनरुफ लगाइएको छ । त्यसैगरी, इन्स्ट्रयुमेन्ट क्लस्टरमा ७ इन्चको स्क्रिन प्रयोग गरिएको छ जसले नेभिगेसन डिरेक्सन, इन्जिनको तापमान, इन्जिनओइल र ट्रान्समिसन ओइल, ट्यांकमा युरियाको मात्रा, माइलेज, रेडियो फ्रेक्वेन्सी, गियर सेलेक्टलगायतको सूचना दिन्छ । स्टेरिङ ह्विलको दायापट्टि अबक्रुज कन्ट्रोल र बायाँतिर रेडियो, संगीत, जलवायु र नेभिगेसनका लागि ‘भ्वाइस एक्टिभेटेड कन्ट्रोल’ राखिएको छ ।
ट्रायल हकमा पनि अन्य जिप कम्पासमाझैं ५० भन्दा बढी सुरक्षा फिचर छन् । यसमा पछाडिको सिटका यात्रुलाई टाउको चोटबाट बचाउने ‘साइड फुल कर्टेन एअरब्याग’ सहित ६ वटा एअरब्यागको व्यवस्था गरिएको छ । यसमा प्रयोग गरिएको ‘रोल ओभर मिसिगेसन’ कुशल सुरक्षाफिचर हो जसले चाहिनेभन्दा बढी गाडी ढल्किएको ‘सेन्स’ गर्छ र तुरुन्त साइड एअरब्यागलाई सक्रिय बनाउँछ र भित्र रहेका सबैजनालाई ‘रोल ओभर’ अवस्थामा चोटबाट बचाउँछ । ट्रायलहकमा स्पिडवार्निङ सिस्टम पनि छ जुन यो भारतको नयाँ सवारी सुरक्षा नियमअनुसार राखिएको हो ।
त्यसैगरी, एमएडब्लु लाइफले नाडामै कम्पास स्पोर्ट प्लस पनिलन्च गरेको छ । जिपकम्पास स्पोर्ट प्लस बेस अप्सन स्पोर्टभन्दनमाथिको भेरियन्ट हो जसमा प्रिमियम फिचरहरु अफर गरिएका छन् । १६ इन्चको एलोइ ह्विल, डुअल टोन क्लाइमेट कन्ट्रोल, रियर पार्किङ सेन्सर र ब्ल्याक रुफ रेल यी प्रिमियमफिचर हुन् । साथै, यसमा इलेक्ट्रिकल्ली एड्जस्टेबल आउटसाइड रियर–भ्यु मिरर, डे–टाइम रनिङ ल्याम्पस, अल–ब्ल्याक इन्टेरियर फेब्रिक अपहोल्स्ट्रा र यु कनेक्ट ५.० टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छन् ।
सुरक्षाको कुरा गर्ने हो भने यसमा डअल फ्रन्ट एअरब्याग, इलेक्ट्रिक पार्किङ ब्रेक, एन्टिलक ब्रेक सिस्टम, इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्युसन, प्यानिक ब्रेक असिस्ट, फोर डिस्क ब्रेक, आइसोफिक्स चाइल्ड सिट एंकर र एडाप्टिभ ब्रेक लाइट जस्ता सुविधापनि छन् । साथै, हिल स्टार्ट असिस्ट, ईसीएस (इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल) र टीसीएस (ट्रयाक्सन कन्ट्रोल सिस्टम’ र डाइनामिक स्टिरिङ टर्क पनि छ । यसको मूल्य७३ लाख ९० हजार रुपैयाँतोकिएको छ ।

के हो ट्रायल रे टेड ब्याज ?

-यांग्लर र जिपका केहीमोडेल जस्तो कि चेरोकी, ग्रान्ड चेरोकी र रेनेगेडको बडीमा जिपको चर्चित ‘ट्रायल रेटेड ब्याज’ टाँसिएको हुन्छ । ‘ट्रायल रेटेड’ ब्याज राख्ने चलन सन् २००४ मामात्र सुरु भएको भए पनि जिप आफ्नो स्थापनाकालदेखि नै अतिक्षमता भएको फोर ह्विल ड्राइभ गाडी निर्माण गर्नमा प्रतिबद्ध रहँदै आएको छ । तर ‘ट्रायल रेटेड’को अर्थ के हो त ?
सतही रुपमा यसको अर्थ यी गाडीहरु ‘अफरोड यात्राका लागि प्रमाणित छ’ भनिएको हो । तर यसको महत्व योभन्दा पनि गम्भीर छ । जिपले ‘ट्रायल रेटेड’ शब्दलाई हलुका रुपमा लिँदैन ।
धेरै मानिसहरु यो ब्याजलाई ख्याल गर्दैनन् वा देखे पनि यसको महत्वबारे जानकार हुँदैनन् । वास्तवमा यो अर्थहीन डिजाइन फ्याक्टर मात्र होइन यसले स्वतन्त्र जीवनशैलीलाई संकेत गर्छ जसलाई ‘एबिलिटी टु गो एनिह्वेर, डु एनिथिङ’ (जहाँसुकै जानसक्ने र जेसुकै गर्न सक्ने क्षमता) ले उर्जा दिइरहेको हुन्छ । जिप महान् अफरोड यात्राका लागि उत्तम एसयुभी बनाउन प्रतिबद्ध छ । ट्रायल रेटेड ब्याज भएको हरेक जिपले चुनौतीपूर्ण पाँच परीक्षाको सिलसिलापार गरेको हुनुपर्छ । ‘आर्टिकुलेसन’, ‘ग्राउन्ड क्लेरेन्स’, ‘मेनियारिबिलिटी’, ‘ट्रयाक्सन’ र ‘वाटर फोर्डिङ’ ती परीक्षाहरु हुन् ।
‘आर्टिकुलेसन’ अर्थ खराब वाचट्टानी सतहपार गर्दा पनि टायरहरु भूइँमा ‘फिक्स’ गरेर राख्नु हो । ‘आर्टिकुलेसन’ राम्रो भयो भने गाडीको ‘लचकता’पनि राम्रो हुन्छ । अफरोड यात्रामा ‘फ्लेक्जिबल सस्पेन्सन सिस्टम’ निकै काम आउँछ । ४बाई४ ट्रायल रेटेड जिपले जुनसकै भौगोलिक सतहको चुनौतीको सामनागर्न सक्छ ।
अफरोड यात्रामा ‘ग्राउन्ड क्लेरेन्स’ को भूमिका महत्वपूर्ण हुन्छ । पहाड चढ्दा वाझर्दा ग्राउन्ड क्लेरेन्सको साथ ‘एप्रोच र ब्रेकओभर एंगल’ पनि राम्रो हुनुपर्छ जुन ट्रायल रेटेड जिपमा हुन्छ । ‘म्यानुराबिलिटी भनेको ‘ट्रायल’मा जाने क्षमताको मापकहो । गाडीले कुन हदसम्म ‘शार्प टर्न’ सक्छ ? ‘टर्निङ रेडियस’ कतिकम छ ? यी दुवै कुरा गाडीको ह्विलबेस र स्टेरिङको ‘प्रिसाइजनेस’ मा निर्भर हुन्छ ।
तपाईं ‘ट्रयाक्सन’ विनाअफरोडको कल्पना गर्न सक्नु हुन्न । जिपको ट्रायल रेटेड गाडीहरु हिउँ, बालुवा वा चिप्लो माटोमा पनि सजिलै गुड्ने क्षमता राख्छन् । जिपको फोर ह्विल ड्राइभले सतहमा ग्रिप कायम गर्न र गाडीलाई नियन्त्रणमा राख्न मद्दत गर्छ
सम्भवतः अफरोड यात्राको सबैभन्दा रोमाञ्चक पक्ष नदी, खोला वा पानीले भरिएको स्थान पार गर्नु हो । ट्रायल रेटेड जिपमा ‘वाटर फोर्डिङ’ गर्ने क्षमता हुन्छ । यस्ता गाडीमा हरेक प्वा र इलेक्ट्रिक कनेक्सनहरु सिल गरिएका हुन्छन् ताकि पानीले कुनै क्षति नपु-यायओस् । उच्च एयर इन्टेकले पनि फिल्टरसम्मपानीको सतह आउनबाट रोक्छ । सामान्यतया जिपले १९ देखि ३० इन्चसम्मको गहिराइ भएको पानीलाई पार गर्न सक्छ ।
जिपले यी कठोर परीक्षणको सुरुवात मिशिगनस्थित फियाट् क्रिस्टलको मुख्यालयबाट गर्छ । मिशिगतको चिसोमा ट्रायल रेटेड जिप निर्धक्क चल्नुपर्छ । त्यसपछि यी गाडी क्यालिफोर्नियास्थित रुबिकन ट्रायल र मोआवस्थित चट्टानी सतहमा ट्रायलका लागि लगिन्छ । यी दुवै स्थानको जलवायु र ड्राइभिङ अवस्था झनै खराब छ । यी सबै चुनौतीको सामना गरी सकेपछि मात्र जिपले ‘ट्रायल रेटेड’ राख्न पाउँछ ।
(प्रवद्र्धित सामग्री)

 

प्रतिक्रिया दिनुहोस्