युवा संयोजकमा यूएईबाट कार्कीको उमेदवारी «

युवा संयोजकमा यूएईबाट कार्कीको उमेदवारी

यूएई – गैरआवासीय नेपाली संघ यूएईमा सुदीप कार्कीले युवा संयोजकका लागि उमेदवारी दिने घोषणा गरेका छन् । आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका लागि यूएईबाट एनआरएनएको अभियनमा लागेका कार्कीले आफ्नो उमेदवारी घोषणा गरेका हुन् ।
एनआरएन अभियानमा साधारण सदस्य हुँदै २०१३-०१५ कार्यकालमा उपाध्यक्ष र ०१५-०१७ मा यूएईको अध्यक्षको कार्यभार सम्हालेका कार्की अहिले एनआरएनको केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्