दुई पाङ्ग्रेले तान्यो ग्राहकको ध्यान «

दुई पाङ्ग्रेले तान्यो ग्राहकको ध्यान

नाडा अटो शो–२०१९मा दुई पांग्रे सवारी साधनले पनि ग्राहकको ध्यान तानेको छ । नयाँ मोटरसाइकल र स्कुटर सावर्जनिक गर्ने भएसँगै शोले ग्राहकको ध्यान तानेको हो ।

हिरोका ३ बाइक

नेपालका लागि हिरो मोटर्सकपको आधिकारिक बिक्रेता नेपाल जनरल मार्कटिङ (एनजीम) ले ३ नयाँ बाइक नाडा अटोशो–२०१९ मा सावर्जनिक गरेको छ । हिरोले एक्सपल्स–२०० र एक्सपल्स–२०० टी,र प्लेजर प्लस नेपाली बजारमा नाडामार्फत सार्वजनिक गरेको छ । एक्सपल्स–२०० एडभेन्चर मोटरसाइकल हो विशेषता अफरोडमा यो उपयोगी हुने कम्पनीले जनाएको छ । बजार हेरेर मूल्य सार्वजनिक गर्ने जनाएको छ । मोर्डन रेट्रो र फंक्सनल डिजाइनमा आएको यो वाईक एसिबी सिस्टम रहेको छ । इन्जिन किल स्विच, रियर ग्राब रेल, राउन्ड हेडल्याम्प, डिजिटल, मिटर सिस्टम ट्युलेसजस्ता आकर्षण रहेको छ । एक्सपल्स–२०० टी भने अफरोड र अनरोड दुवैका लागि उपयोगी हुनेछ ।
प्लेजर प्लसमा भने १ सय १० सीसीको रहेको छ । टियुलेस सिस्टम रहेको स्कुटरमा इन्जिग्रटेट सिस्टम साइड स्टिामिन मेन यन्डिकेटर, न्यू एनलग मिटर रहेको कम्पनीले जनाएको छ । सबै प्रकारको बाईकमा ५ वर्षको गरेन्टी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

टिभिएसको दुई मोडेल सार्वजनिक

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोर्टसले जिक्सरका २ मोडेल सार्वजनिक गरेको छ । नाडा अटोशो–२०१९ मा जिक्सकार नयाँ परिमार्जित २५० सीसीको र १५५ सीसीको नयाँ मोटरबाइक सावर्जनिक गरेको हो । नयाँ आएको बाईक इन्जिनसहित नयाँ स्वरुपमा परिर्वतन भएर आएको कम्पनीले जनाएको छ । प्रदर्शनीमा कम्पनीका ३ स्कुटर र ४ मोटरबाइक प्रदर्शशनीमा राखिएको छ ।

यामाहाको नेकेड बाइक ‘एमटी १५’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले यामाहा एमटी १५, ‘द डार्क वारियर’ लाई नाडा अटो शोमा प्रदर्शनीमा राखिएको छ ।
नयाँ एमटी १५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पिड ट्रान्समिसन भएको १५५ सीसीको फ्युलइन्जेक्टेड इन्जिन छ जसमा ‘भेरिएबल भल्भएक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि रहेको छ ।
‘एमटी’को पूर्ण रुप ‘मास्टर अफ टर्क’ हो । एमटी सिरिजका यामाहा मोटरसाइकल ‘पावर’ (शक्ति) र ‘एजाइलिटी’ (फुर्तिलोपना)का लागि संसारमै लोकप्रिय बन्दै गउको कम्पनीको दावी छ । हाइपर नेकेड प्लेटफर्ममा बनेको नयाँ एमटी१५ मा प्रयोग भएको प्mयुल इन्जेक्टेड इन्जिनले १०००० आरपीएममा अधिकतम १९.३ पीएस शक्ति र ८५०० आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ । नयाँ एमटी१५ ‘एजाइलएसिलेरेसन’, ‘एजाइल ह्यान्डलिङ’ र ‘एड्भान्सड डिजाइन’को सबैभन्दा उत्कृष्ट नमुनाहो जुन ‘टर्क’ र ‘एसिलेरेसन’ अनुभव गर्न चाहने युवा राइडरलाई लक्षित छ ।
नयाँ एमटी१५ माभीभीए (भ्यारिएबल भल्बएक्चुएसन) प्रविधि प्रयोग गरिएको छ जसले कम र मध्यम ‘आरपीएम’ मा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । यसले इन्जिनको पर्फमेन्सलाई अझ दमदार बनाइ दिन्छ । त्यसैगरी, ‘ए एन्ड एस क्लच’ (असिस्ट एन्ड स्लिपर क्लच)ले गियर परिवत नगर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ ।
नयाँ एमटी१५ मा १४० एमएमको रियर टायर र २८२ एमएमको सिंगल च्यानल एबीए सहितको फ्रन्ट डिस्क छ जसले ब्रेकिङलाई सटिक र सुरक्षित बनाइ रहेको छ । यसमा प्रयोग भएको सानो देखिने ‘बाई फंक्सनल’ हेडलाइट, भर्टिकल टेललाइसहितको छोटो टेल र अन्य ‘ग्राफिक्स’तथा ‘फिनिस’ले एमटीको ‘एग्रेसिभ’ स्टाइललाई संकेत गर्छ ।
नेपालमा यामाहा एमटी १५ को मूल्यचार लाख २४ हजार नौ सय रुपैयाँ तोकिएको छ भने यो ‘मेटालिक ब्ल्याक’ र ‘डार्क म्याट ब्लु’ गरी दुई एक्साइटिङ कलरमा उपलब्ध छ ।
१३८ किलो ग्राम वजन भएको यो मोटरसाइकलको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ भने ‘इन्जिनवार्म अपटाइम’ कमगर्न थर्मोस्ट्याट् कुलिङ सिस्टम जडान गरिएको छ । त्यसैगरी, ‘हाई आरपीएम’ स्पष्ट आवाजका लागि तीन तह भएको मफ्लर प्रयोग गरिएको छ ।

नाडा अटो शोमा अप्रिलियका ४ मोडेल

अप्रिलियाको लागि नेपालका लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सले नाडा अटो शोमा विभिन्न ४ मोडलका स्कुटर प्रदर्शनीमा राखेको छ ।
इटालियन सवारी उत्पादक कम्पनी अप्रिलियाका स्कुटर नेपाल बजारमा यूवा माझ लोकप्रिय बन्दै गएको छ । कम्पनीले अप्रिलिया एसआर १२५, एसआर स्ट्रोम १२५, एसआर १५० डिजिटल तथा एसआर १५० रेस डिजिटल प्रदर्शनीमा राखेको छ ।

कम्पनीले अप्रिलिया एसआर स्ट्रोम १२५ को मूल्य २ लाख २४ हजार ९ सय, एसआरको १२५ को २ लाख ४० हजार ९ सय, एसआर १५० को २ लाख ८१ हजार ९ सय र अप्रिलिया एसआर १५० रेसको २ लाख ९३ हजार रुपैयाँ रहेको जनाएको छ । अप्रिलिया एसआर स्ट्रोम १२५ मा एयरकुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । यसले, ७२५० आरपिएममा ९.५ हर्ष पावर र ६ हजार २५० आरपिएममा ९.८ एनएम टर्क उत्पादन गर्छ । अप्रिलियाले अटो रहेको एसआर–१२५ मा उपलब्ध इञ्जिनले ७ हजार २५० आरपिएममा ९.५२ एचपी पावर र ६२५० आरपिएम मा ९.९ एनएम टर्क उत्पादन गर्छ ।

प्रतिक्रिया दिनुहोस्