लक्ष्मी र सन्राइज क्यापिटल मर्ज हुने

काठमाडौं– लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबीच मर्जर सम्बन्धी सम्झौता भएको छ । समझदारी पत्रमा लक्ष्मी क्यापिटलका अध्यक्ष सुमेद भट्टराई र सन्राइज क्यापिटलका अध्यक्ष अपछकुमार यादवले हस्ताक्षर गरेका छन् ।
लक्ष्मी क्यापिटलको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड गत असार २८ गते सन्राइज बैंकसँग गाभिएर एकीकृत कारोबार सुरु भइसकेकाले दुवै बैंकका सहायक कम्पनीको रुपमा रहेका क्याटिलहरु पनि मर्जरका लागि सम्झौता गरेका हुन् ।
धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को दफा२९ (क) बमोजिम एकै प्रकृतिका कम्पनी आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैकिङ व्यवसाय सञ्चालन गर्न दुवै कम्पनी एक आपसमा मर्ज हुन लागेका हुन् । मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी ४८ करोड रुपैयाँ पुग्नेछ ।