सिद्धार्थ बैंकद्वारा वृक्षारोपण «

सिद्धार्थ बैंकद्वारा वृक्षारोपण

सिद्घार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा शनिबार टोखा नगरपालिकास्थित भूतखेलपार्क रचण्डेश्वरी मन्दिरमा विभिन्न जातका फलफूलका बिरुवा रोपेको जनाएको छ ।
बैंकले स्वच्छ वातावरण निर्माणमा सघाउ पु-याउने उद्देश्यले चण्डेश्वरी युवाक्लब र इन्द्रायणी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको भन्दै वृक्षारोपणपछि १ वर्षसम्म बोटबिरुवाहरूको संरक्षण चण्डेश्वरी युवाक्लब र इन्द्रायणी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा गरिने पनि जनाएको छ ।
उक्त कार्यक्रममा बैंकले चण्डेश्वरी मन्दिर परिसरमा ५० वटा र भूतखेल पार्क परिसरमा ५० वटा गरी जम्मा १ सयवटा फलफूलका बिरुवा रोपेको तथथा महाराजगन्ज लाजिम्पाट सडक छेउछाउमा पनि ७५ वटा बिरुवा रोपेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्