जगदम्बा मोटर्सको एक्टिभेसन अभियान «

जगदम्बा मोटर्सको एक्टिभेसन अभियान

काठमाडौं । टिभिएस स्कूटर र मोटरसाइकलका नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस जुपिटर क्लासिकको लागि एक्टिभेसन कार्यक्रम शुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम यहि फेब्रुअरी ९ तारिखदेखि १३ तारिखसम्म विभिन्न सपिङ मलहरुमा आयोजना भइरहेको छ ।
एक्टिभेसन कार्यक्रम यस अघि नै बिजी मलमा ९ फेब्रुअरीमा र सिटी सेन्टरमा १० र ११ फेब्रुअरीमा आयोजना भएको थियो । यसैगरि सहभागीहरुले लाबीम मलमा यहि १२ र १३ फेब्रुअरीमा सहभागी हुन र क्लासिक स्टाईलको बारेमा आफ्ना अनुभव सुनाउन सक्नेछन् । सहभागीहरुले सो मल भ्रमण गरेर क्लासिकसँगको आफ्नो सम्बन्ध क्लासिक फोटोसुटका साथमा दर्शाउन सक्नेछन् र आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । खिचिएको फोटो ततपश्चात जगदम्बा मोटर्स टिभिएसको फेसबुक पेजमा अपलोड गरिनेछ र सर्वाधिक लाइक पाउने फोटोले सिङ ब्याग तथा वालेट यहि फेब्रुअरी २० तारिख सम्ममा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्