विद्यार्थीको आत्मविश्वास बढाउन शुभश्री इडुफेस्ट «

विद्यार्थीको आत्मविश्वास बढाउन शुभश्री इडुफेस्ट

नासा एजुकेसनल नेटवर्क अन्तर्गतको शुभश्री कलेजमा विद्यार्थीको वौद्धिक क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले एसएआइसी स्पेलेन्डेन्ट इडी फेस्ट २०१९ सम्पन्न भएको छ । कलेजका बीबीए र विएचएमका विद्यार्थीहरुद्वारा आयोजित सम्मेलनमा पाँच समूहबीच वादविवाद तथा प्रस्तुति प्रतिस्पर्धा सम्पन्न भएको हो ।
प्रतिस्पर्धामा पाँच समूहमध्ये मार्बल समूह प्रथम भएको छ । विद्यार्थीहरू स्वेता कार्की, पंकज शाह, सन्तोष विश्वकर्मा, प्रदिप खड्का र नन्दन विश्वकर्मा सदस्य रहेको समूहलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरियो । “कार्यक्रममा सहभागीले कुनै पनि विषयमा आत्मविश्वासका साथ प्रस्तुत हुनु सिकेका छन् भने आयोजक समूहले व्यवस्थापनका बारेमा थप आत्मविश्वास आर्जन गरेका छन्,” शुभश्रीका बीबीए-बीएचएम निर्देशक निरन्जन आचार्यले भने । स्पेलेन्डेन्ट जस्ता फरक विशेषता भएका विद्यार्थीको प्रतिभा उजागर गर्ने कार्यक्रमप्रति विद्यार्थीको आकर्षण पनि बढ्दो देखिएको उनको अनुभव छ ।
कार्यक्रमको आयोजना गर्दा पनि धेरै कुरा सिकेको आयोजक समूहकी प्रश्ना तन्डुकारले बताइन् । आयोजक समूहमा रहेका अमरेश सिंह, मिथिला सिंह, सदिक्षा आचार्य, प्रश्ना तन्डुकार, पार्वती कुमारी थापा, रोशन पौडेलले कार्यक्रम व्यवस्थापनमा थप आत्मविश्वास बढेको बताए । आगामी वर्ष पनि कार्यक्रमको निरन्तरता दिने नासा व्यवस्थापनले जनाएको छ ।
कार्यक्रमको डिस होम नेपाल, अस्मिता पब्लिकेसन, अन्नपूर्ण पोष्ट दैनिक, बीओइसी एजुकेसनल कन्सल्टेन्सी, एवान क्याफे, बानेश्वरस्थित गरिखाउ क्याफे, ओम शान्ति सुट हाउसलगायतले प्रायोजन गरेका थिए । पछिल्लो समयमा व्यवस्थापन विषय अध्यापन गर्ने कलेजहरुले बर्सेनि यस्ता कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्