मोदी राम्रो अंग्रेजी बोल्छन्ः ट्रम्प «

मोदी राम्रो अंग्रेजी बोल्छन्ः ट्रम्प

बियारित्ज-फ्रान्समा चलको जी–७ को बैठकको बाहिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गरेका छन् । भेटपछि जब दुवै नेता मिडियामा देख परे आपसमाम कानेखुसी गरेका थिए र दुबै मुस्कुराइरहेका थिए ।
दुवै नेताबीच भएको कुराकानीको बारेमा सोधिएको प्रश्नमा मोदीले हिन्दीमा भने,“मलाई लाग्छ कि हामीलाई वार्ता गर्न दिनुहोस् । आवश्यक परेको समयमा तपाईहरुलाई बोलाउने छौ ।”
प्रधानमन्त्रीको यो भनाईपछि ट्रम्पले भने,“मोदी धेरै राम्रो अंग्रेजी बोल्नु हुन्छ । तर अंग्रेजीमा कुराकानी गर्न चाहनु हुन्न ।”
ट्रम्पको यो टिप्पणीमाथि मोदी खुलेर हासे र दुवै नेताले एक अर्काको हातमा हात राखे । त्याहाँ उपस्थित सबै मानिस पनि हास्न थालेका थिए ।
यो भन्दा पहिले मोदीले ट्रम्पकै अगाडि कश्मिरमा मध्यस्थताको विषयलाई लिएर भारत तथा पाकिस्तानबीचको मुद्धा दुई पक्षिय भएको र यसमा कुनै तेस्रो पक्षलाई दुःख नदिने बताएका थिए ।
यद्यपि गत महिना राष्ट्रपति ट्रम्पले वासिङटनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अगाडि मोदीले कश्मिरको विषयमा मध्यस्थताको कुरा गरेको बताएका थिए । भारतले सोही समयमा उक्त कुरा खारेज गरिदिएको थिया ।
ट्रम्पले पनि मोदीले आफुलाई कश्मिरको विषयमा कुरा गरेको र सबै चिज नियन्त्रणम रहेको आफ्नो सबै मामिला आपसमा समाधान गर्ने बताएका थिए ।
ट्रम्पले भारत तथा पाकिस्तान दुवै देशका प्रधानमन्त्री आफ्नो राम्रो साथी भएको बताएका थिए । उनले दुवै मिलेर यो समस्याको समाधान गर्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्