चीन–इरानप्रति ट्रम्प नरम «

चीन–इरानप्रति ट्रम्प नरम

पेरिस-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यापार युद्धको विषयलाई लिएर चीन र इरानसँग पनि नरम भएका छन् ।
ट्रम्पले हालै रद्ध भएको चीन– अमेरिका व्यापार वार्ता चाडै सुरु हुने बताएका छन् । यसका साथसथै उनले तेहरानमा शासन परिवर्तनको माग पनि गरेका छैनन् । उनको यस किसिमको व्यवहारले इरान तथा चीनसँग फरक–फरक मोर्चामा पैदा भएको तनाव कम हुने अपेक्षा गरिएको छ । यो भन्दा पहिले ट्रम्प जी–७ को बैठकमा विश्वका अन्य नेताहरु सामु एक्लो जस्तो देखिएका थए ।
यो भन्दा पहिले बिअरित्ज पुगेका इरानका विदेश मन्त्री जावद जरिफ जी–७ को बैठकमा उपस्थितिप्रति ट्रम्प चुप लागेर बसेका थिए । पत्रकारले जावनको उपस्थितिको बारेमा प्रश्न सोध्दा उनले ‘नो कमेन्ट’ भनेका थिए । जावद जरिफलाई फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोले सबै देशलाई अचम्मित पार्दैै बिअरित्जमा बोलाएका थिए । म्याक्राले इरान तथा अमेरिकाबीच सम्झौता होस् भन्ने माग राखेका छन् । जरिफले उनका अतिरिक्त अन्य युरोपेली कुटनीतिज्ञसँग पनि भेटघाट गरेका थिए । तर ट्रम्ले जरिफसँगको भेटघाटलाई हतारो भएका बताएका छन् । म्याक्रोले जे गरिरहेका छन् त्यो आपूmलाई मंजुर भएको पनि उनले बताएका छन् । तर इरानमा सत्ता परिवर्तनको माग राख्दै आएका ट्रम्प पछाडि हट्नुलाई राहातको विषय मानिएको छ ।
अर्कातिर चीनसँग चलिरहेको व्यापार युद्धकाबीच हालैमात्र ट्रम्पले ३ सय अर्बको चिनियाँ सामग्रीमा २५ प्रतिशतको सट्टा ३० प्रतिशतको शुल्क लगाएर सेप्टेम्बरमा हुने व्यापारिक वार्तालाई रद्ध गरेका थिए । ट्रम्पले दुई महाशक्तिबीचको यो वार्ता छिट्टै फेरी सुरुगर्ने बताएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चीनले फोन मार्फत आपूm अमेरिकासँग वार्ता गर्न इच्छुक भएको बताएको उनले बताए ।
चीनले सम्झौता गर्न चाहनुलाई स्वागत योग्य भएको ट्रम्पले बताए । यद्यपि जी–७ को सम्मेलनमा अमेरिकाका सहयोगी मुलुकले ट्रम्पमाथि व्यापार युद्ध समाप्त गर्नका लागि दबाब दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्