Logo

सुपारी भारत निकासीका लागि पहल गर्न सरकार तयार

फाइल तस्बिर ।

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बैठकमा बोल्दै मन्त्री रिजालले सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसको विषयमा सरकारले निर्णय लिने बताए । उनले उद्योग मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्रलेखेर सहजिकरण गर्ने विषयमा सरकार तयार रहेको बताए ।

उनले नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिपिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरी अरुलाई भारतले नचिन्ने बताए । मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरिय रहेकाले नेपालमा भन्दा पनि नेपाली उत्पादित सुपारीको बजार भारत नै भएको बताए । उनले भारत निर्यातको लागि मन्त्रालयले सहजिकरण गर्ने तयार रहेको उल्लेख गरे ।

उनले नेपालमा उत्पादित सुपारी गुणस्तरिय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न नसक्ने भन्दै नेपाली सुपारीको बजार नेपाल नभएको दाबी गरे । उनले भारत निर्यातको लागि भारत सरकारसँग सहजिकरणको लागि पत्र लेख्न पनि तयार रहेको बताए । मन्त्री रिजालले बाहिरबाट नेपालमा सुपारी निर्यात गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न नपाउँने भएकाले समस्या रहेको बताए । उनले नेपालको उद्योगहरुले १० हजार मानिसहरुलाई रोजगारी दिएको भन्दै सुपारी आयात रोक्दा १० हजार मानिसहरु बेरोजगार हुने सम्भावना रहेको बताए । उनले नेपालमा उत्पादित सुपारी भारत निर्यातको लागि सरकार सहजिकरण गर्न तयार रहे पनि केही व्यवहारिक अफ्ठ्यारो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्