Logo

नेशनल सोलार पावर र एनआईसी एशिया क्यापिटलबीच सम्झौता

काठमाडौं– एनआईसी एशिया क्यापिटल र नेशनल सोलार पावर कम्पनीबीच क्यापिटलबीच सम्झौता भएको छ । आइडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवासहित ‘निष्काशन तथा बिक्री प्रबन्धक’ नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । नेशनल सोलार पावर कम्पनीलाई क्यापिटलको सेयर रजिष्ट्रार सेवासहित कम्पनीको प्राथमिक सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको छ ।

नेशनल सोलार पावर कम्पनी सौर्य उर्जा उत्पादनका लागि स्थापना भएको कम्पनी हो । कम्पनीले नवलपरासीको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी सञ्चालन गरिरहेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका सात लाख २४ हजार कित्ता भन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्