इतिहासदेखि वर्तमानसम्म ”नाडा अटो शो” «

इतिहासदेखि वर्तमानसम्म ”नाडा अटो शो”

सन् १९९८ को नोवेम्बर ५ देखी ८ सम्म (२०५५ साल कातिृक १९ गतेदेखि २२ गतेसम्म) भृकुटिमण्डपमा भएको पहिलो नाडा अटो शो २१ वर्षपछि सन् २०१९मा आईपुग्दा १४ औं संस्करण मंगलबारदेखि सुरु हुदैछ । दुइ दशकअघि २६ वटा स्टलबाट शुरु भएको प्रदर्शनी आज आएर १ सय ६० भन्दा बढि स्टलमा विभिन्न अटोमोवाईल कम्पनीको सहभागीता सहित अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार उद्घाटन गर्नेछन् ।
तत्कालिन अटोमोबाइल एसोसिएस अफ नेपाल (नाडा)को एउटा प्रमुख कार्यक्रम रहँदे आएको अटो शो गाडिका बिक्रेतामात्रै होइन खरिदकर्ता तथा भविष्यमा हुनसक्ने खरिदकर्ताकोलागी पनि एउटा महत्वपूर्ण भाग हुँदै आएको छ ।
नेपालमा अटोमोवाइल व्यवसायको सम्बद्र्धन र प्रबद्र्धनका लागि खोलिएको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) अटो शोसंगै संस्था पनि धेरै पुरानो भएको नाडाका अध्यक्ष शम्भु दाहालको भनाई छ । नाडा अटो शो ले एकै थलोमा सम्पूर्ण अटोमोवाईल तथा यसका पार्टपुर्जा अनि सेवाको वारेमा जानकारी, खरिद गर्न दिने भएकाले अटो प्रेमीहरुको लागि मेला चार्डको उत्सवको रुपमा परिणत हुदैँ आएको पनि दाहालले बताए ।
संस्थागतरुपमा भने २०३२ सालमा तोलाराम दुगडको अध्यक्षतामा होटल ब्लु स्टारमा गठन भएको पहिलो कार्य समितिदेखि हालको कार्यसमिति १८ औं कार्य समिति हो । तर, नाडा अटो सो भने २०५५ साल कार्तिक १९ गतेबाट सुरु भएको दहालले बताए । विगतमा २, २ वर्षमा हुदैँ आएको मेला सन् २०११ बाट प्रत्येक वर्ष हुदैँ आएको छ ।
यस अवधिमा नाडामा १८ जना अध्यक्षले ४२ वटा वार्षिक साधारण सभा सम्पन गरेका छन् । २०३२ सालमा दुगडको अध्यक्षतामा २२ जानको संस्थागत सदस्यता बाट शुरु भएको अटोमोबाइल एसोसिएस अफ नेपाल (नाडा) २०६१÷६२ मा आइपुग्दा नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)मा परिवर्ततन गरिएको थियो । एसोसिएसनमा हाल १ हजारको हाराहारीमा संस्थागत सदस्य रहेका छन् ।
सन् १९९८ शूरु भएको गाडि तथा यसका आवस्यक समानकोहरुको मेलामा २०१९ सम्म आईपूग्दा १० जान अर्थमन्त्रीले मेला उद्घाटन गरेका थिए । यसपटकका अर्थमन्त्रीले नाडा अटो सो दोस्रोपटक उद्घाटन गर्दैछन् । यसअघि डा राशरण महतले ३ पटक तथा वर्षमान पुनले अर्थमन्त्रीको हैसियतमा दुइ पटक नाडा अटो सो उद्घाटन गरेका थिए । अटोबजारले नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने भएकाले गर्दा पनि मेलामा अर्थमन्त्रीको सहभागीता रहदैँ आएको पाईन्छ ।
सन् १९९८मा बाट २०००मा र २००० बाट २००४बाट २००७माबाट २००९ हुदैँ २०११ सम्म आई पुगेको इतिहास रहेको छ । विगतमा नाडाको अध्यक्षको कार्यकाल ३ वर्षको रहेको भएपनि विगत १ दशक अगाडिबाट २ वर्षको कार्यकाल रहने एक अध्यक्षले २ कार्यकाल संस्थाको नेतृत्व गर्न पाउने विधानमा व्यावस्था रहेको नाडाका एसोसिएट सचिव सुरेन्द्र प्रधानले बताए ।

पहिलो अटो शो सन् १९९८
मिति : ५–८ नोभेम्बर १९९८
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी :२६

दोस्रो शो सन् २०००
मिति : २२–२६ नोभेम्बर २०००
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी : ३१

तेस्रो नाडा शो सन् २००४
मिति : १८–२२ फेब्रुअरी २००४
स्थान : वीरेन्द्र अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र
आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन : ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी : ६२

चौथो नाडा शो २००७
मिति : २७ सेप्टेक्बर–१ आक्टोबर २००७
स्थान : वीरेन्द्र अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र
आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी : ४३

पाँचौं नाडा शो २००९
मिति : २८ अगस्ट–१ सेप्टेम्बर २००९
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी : ३२

छैटौं नाडा शो २०११
मिति : ७–११ सेप्टेम्बर २०११
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी : ३८

सातौं नाडा शो २०१२
मिति : १९–२३ सेप्टेम्बर २०१२
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक स् नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनी : ५५

आठौं नाडा शो २०१३
मिति : ११–१५ सेप्टेम्बर २०१३
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन
सहभागी कम्पनी :४०

नावौं अटो नाडा शो २०१४
मिति : ३–८ सेप्टेम्बर २०१४
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन
सहभागि कम्पनी : ५०
दशौं नाडा अटो शो २०१५
मिति : १५–२० सेप्टेम्बर २०१५
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन
सहभागी कम्पनी : ६५

एघारौं नाडा अटो शो २०१६
मिति स् ३० अगस्ट–४ सेप्टेम्बर २०१६
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनी : ७४

बाह्रौं नाडा अटो शो २०१७
मिति : २९ अगस्ट–३ सेप्टेम्बर २०१७
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनी : ९०

तेह्रौँ नाडा अटो शो २०१८
मिति : ११ सेप्टेम्बरबाट १६ सेप्टेम्बर २०१८
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनी : ७१

चौधौं नाडा अटो शो २०१९
मिति : अगस्ट २७ देखी १ सेप्टेम्बर–२०१९
स्थान : भृकुटी मण्डप प्रदर्शनी हल
आयोजक : नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनी : ९५ ब्रान्ड सहभागी हुदैँ

 

 

प्रतिक्रिया दिनुहोस्