Logo

एनसेलको सोसल मिडिया प्याकमा इन्स्टाग्राम पनि

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ । यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले करसहित मात्र १०० रुपैयाँमा आफू जहाँ भए पनि लामो समयासीमासहित मोबाइल डेटाको फाइदा लिन सक्ने बताइएको छ ।

यो डेटा प्याकमा ग्राहकले एक जीबी डेटा पाउँछन् र यसको प्रमुख विशेषता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ । यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ । ग्राहकले अब करसहित मात्र १९१ रुपैयाँमा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन् ।

त्यस्तै, करसहित ४५९ मा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिनसम्म १.५ जीबी डेटा लिन सक्छन् । यस बाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन् । अलवेज अन डेटाले ग्राहकलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास लिएको एनसेलले जनाएको छ ।

यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रहेर सधैँ सम्पर्कमा बसी रहन ठूलो भूमिका खेल्ने एनसेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्